१० फाल्गुन २०८२, आइतबार | February 23, 2026

यू-१८ महिला साफ च्याम्पियनसिपः भारतविरुद्ध नेपाल ७ गोलले पराजित



काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७-० अन्तरले पराजित भएको छ ।

जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४ औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५ औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाइन् ।

पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा सानदार सुरुआत गर्यो । अपुर्ना नार्जारीले ६८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई अझ फराकिलो पारिन् । नार्जारी खेलको ५३ औं मिनेटमा लिन्डा कमको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ७६ औं मिनेटमा भारतकी पुर्णिमा कुमारीले पाँचौ र खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको सानदार जित निश्चित गरिन् ।

खेलभर रक्षात्मक बनेको नेपालले एउटा पनि गतिलो आक्रमण बनाउँन सकेन । डबल राउन्ड रोविन लिग पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत छन् भने कप्तानीको जिम्मेवारी प्रिती राईलाई सुम्पिएको छ ।

दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ । यस्तै, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू-१८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २८ बजे

कार्यपालिकाका पदाधिकारी निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसारमा सहभागी हुन नहुने

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी स्थानीय

सङ्गठित सदस्यलाई जनतासँग प्रत्यक्ष भेटघाट गरेर मत माग्न एमालेको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्ना सङ्गठित सदस्यलाई

बाँकेमा नमूना मतदान अभ्यास

नेपालगन्ज । बाँकेमा नमूना मतदान अभ्यास गरिएको छ । प्रतिनिधिसभा

नेपालगन्ज र डुडुवाका बाल्मिकी समुदाय फकाउँदै सुधान्सु कोइराला

नेपालगन्ज । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका

बाँके ३ मा नेकपा उम्मेदवार दीपक जीएमको ५ बुँदे संकल्पपत्र सार्वजनिक (पूर्णपाठ)

खजुरा । आसन्न प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट