१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

यू-१८ महिला साफ च्याम्पियनसिपः भारतविरुद्ध नेपाल ७ गोलले पराजित



काठमाडौं । यू-१८ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७-० अन्तरले पराजित भएको छ ।

जम्सेदपुरमा सम्पन्न खेलमा भारतले १४ औं मिनेटमा सुजिस पोट्टेकाटले गरेको गोलबाट अग्रता बनाएको थियो । त्यसको तीन मिनेटपछि घरेलु टोलीकी लिन्डा कमले अग्रता दोब्बर पारिन् । त्यस्तै, ३५ औं मिनेटमा लिन्डाले नै गोल गर्दै भारतलाई ३-० को अग्रता दिलाइन् ।

पहिलो हाफमा ३-० ले अघि रहेको भारतले दोस्रो हाफमा चार गोल थप्दै च्याम्पियनसिपमा सानदार सुरुआत गर्यो । अपुर्ना नार्जारीले ६८ औं मिनेटमा गोल गर्दै घरेलु टोलीको अग्रतालाई अझ फराकिलो पारिन् । नार्जारी खेलको ५३ औं मिनेटमा लिन्डा कमको स्थानमा मैदान प्रवेश गरेकी थिइन् ।

यस्तै, ७६ औं मिनेटमा भारतकी पुर्णिमा कुमारीले पाँचौ र खेल सकिन चार मिनेट बाँकी रहँदा सुनिता मुन्डाले छैटौं गोल गरिन् । खेलको इन्जुरी समयमा नितु लिन्डाले भारतका लागि सातौं गोल गर्दै घरेलु टोलीको सानदार जित निश्चित गरिन् ।

खेलभर रक्षात्मक बनेको नेपालले एउटा पनि गतिलो आक्रमण बनाउँन सकेन । डबल राउन्ड रोविन लिग पद्दतीमा सञ्चालन भइरहेको प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेश सहभागी छन् ।

नेपाली टोलीको मुख्य प्रशिक्षकमा भक्तराज लावत छन् भने कप्तानीको जिम्मेवारी प्रिती राईलाई सुम्पिएको छ ।

दोस्रो खेलमा चैत तीन गते नेपालले बंगलादेशसँग खेल्नेछ । यस्तै, पाँच गते भारत र ६ गते बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । साफ यू-१८ महिला च्याम्पियनसिपको तालिकामा सर्वाधिक अंक जोड्ने टोली च्याम्पियन बन्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : २८ बजे

‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक

काठमाडौं । उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को पहिलो गीत

दुना टपरी उद्योगबाट आत्मनिर्भर हुने प्रयास

बागलुङ । बागलुङ नगरपालिका-३ की ७७ वर्षीया भद्रकली पुनलाई दुई

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

काठमाडौं । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको

ओलीको अँगालोमा सुहाङ !

इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने दुई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका