७ आश्विन २०८३, बुधबार | September 23, 2026

खुट्टाको शल्यक्रिया गर्दा मृत्यु भएपछि बुटवल स्थित तिनाउ अस्पताल घेराउ



बुटवल । बुटवलको तिनाउ इन्टरनेसनल अस्पतालमा खुट्टाको शल्यक्रिया गर्दा एकजनाको मृत्यु भएपछि आफन्तहरुले डाक्टरको लापरवाही भएको भन्दै बुटवल स्थित तिनाउ ईन्टरनेशनल अस्पताल घेराउ र नाराबाजी गरेका छन् ।

पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-११ भगजोगनीका ४२ वर्षिय ताराप्रसाद चौधरीको देब्रे खुट्टाको शल्यक्रियाका क्रममा बुधबार बिहान मृत्यु भएपछि उनका आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

अस्पतालका डाक्टरको लापरवाहीले ताराप्रसादको मृत्यु भएको भन्दै मृतकका आफन्तहरुले घटनाको छानवीन, दोषीलाई कारवाही र क्षतिपुर्तिको माग गर्दै अस्पताल घेराउ गरेका हुन् । मृतकका आफन्तले माग पूरा नभएसम्म शब नबुझ्ने समेत अडान लिएका छन् ।

सोमबार अस्पताल भर्ना भएका चौधरीलाई मंगलबार सांझ साढे ५ बजेपछि शल्यक्रिया कक्षमा लगिएको थियो । ताराप्रसादको डा. योगेन्द्र अग्रहरी नेतृत्वको टिमले शल्यक्रिया गरेका हुन् । ३-४ घण्टामा अप्रेसन सकिन्छ भनिएको तर राति ११ बजे मात्रै शल्यक्रिया थियटरबाट सिधै आईसीयूमा लगिएको थियो । विरामीको अवस्था बारे शंका लागेर सोध्दा अवस्था नर्मल छ आत्तिनुपर्दै भनेको तर बिहान ५ बजेतिर बोलाएर अवस्था सिरियस रहेको जानकारी दिइएको मृतकका भान्जा नाता पर्ने आफन्त हेमलालले बताए । आफन्तलाई भेट्न समेत नदिई भेन्टिलेटर लगिएको आफन्तको आरोप छ ।

४ वर्ष अघि दुर्घटनामा खुट्टा भांचिएकाले ताराप्रसादको खुट्टामा रड राखिएकोमा रडको नट भांचिएपछि शल्यक्रिया गर्न भर्ना भएका थिए । शल्यक्रिया अघि गरिएको एक्सरेमा रड भांचिएको नदेखिएको तर पछि रड भांचिएको भनिएको हेमलालले बताए ।

घटनाबारे अस्पताल प्रशासनसंग पटक पटक सम्पर्क गर्दा फोन रिसिभ गरेका छैनन् । अस्पतालमा सुरक्षाका लागि प्रहरी तैनाथ गरिएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ११ : ५४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई