१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

नारा चुनावसम्म गठबन्धन : चुनावी प्रचार अभियानमा भने गठबन्धन दलहरू एक्लाएक्लै



काठमाडौं । सत्तारुढ गठबन्धन आगामी चुनावसम्म सँगै जाने भने पनि चुनाव प्रचार अभियान भने छुट्टैछुट्टै गरेका छन् । गठनबन्धनमा आवद्ध दलले चुनावमा सँगै जाने भनेर आधिकारीक रुपमा घोषणा नै नगरे पनि सत्ता गठबन्धन आगामी चुनावसम्मको लागि निर्माण भएको हो ।

गठबन्धनसहित चुनावमा जानेबारे दलहरूले छुट्टाछ्ट्टै छलफल गरेर मात्र गठबन्धनको बैठकबाट निर्णय लिने भनेका छन् । गठबन्धनको प्रमुख तथा ठूलो दल नेपाली कांग्रेसभित्र चुनाव एक्लै लड्ने वा गठबन्धनसहित जाने भन्नेमा फरक–फरक मत छ । आवश्यक परेपछि पार्टीले निर्णय लिने भन्दै यो विषय अहिलेलाई थाती राखेको छ । गठबन्धनका अन्य दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले गठबन्धनलाई चुनावसम्मै निरन्तरता दिन चाहेका छन् । यी दलले आगामी तीन तहको निर्वाचनमा गठबन्धन गर्नुपर्नेमा जोड दिएका छन् ।

कांग्रेसका शीर्ष नेता तथा पदाधिकारीले दुईथरी धारणा राख्दै आए पनि पार्टीले निर्णय गरेको छैन । दलहरूले एक्लाएक्लै चुनावी अभियान भने गरिरहेका छन् । गठबन्धनको नेतृत्व गरिरहेको कांग्रेसले २९ फागुनदेखि देशैभर एक महिने चुनाव लक्षित कार्यक्रम सुरु गरेको छ । आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावलाई लक्षित गरी ‘घरघर जाऔं, कांग्रेस जिताऔँ’ भन्ने नाराको साथ अभियान सुरु गरेको हो । अभियानको लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाएको छ ।

प्रतिनिधिलाई वडा र टोलसम्मै पुगेर अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित गरिएको कारणबारे प्रष्ट्याउनुको साथै संविधान रक्षाको लागि कांग्रेसले निर्वाह गरेको भूमिकाको सन्दर्भमा जनतालाई प्रष्ट पार्न पार्टीले निर्देशन दिएको छ ।

माओवादी केन्द्रले पनि पार्टीको सम्पूर्ण शक्ति लगाउने गरी चुनावी प्रचारप्रसार कार्यक्रमको लागि जिल्ला पसेको छ । समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार भन्ने मुल नारासहित माओवादीले चुनावमा भेला, प्रशिक्षण, संगठन विस्तार, सदस्यता वितरणलगायतका अभियान गरिरहेको छ ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक देव गुरुङले पार्टीको चुनावी अभियान प्रभावकारी ढंगले अघि बढीरहेको बताए । ‘अहिले स्थानीयस्तरमा प्रशिक्षण दिने काम भइरहेको छ । पार्टीले एक्लै चुनाव लक्षित प्रचारप्रसारका कार्यक्रम गरिरहेको छ । अन्य दलसँग गठबन्धन गर्ने निर्णय भयो भने मिलेर प्रचार गरौंला,’ प्रमुख सचेतक गुरुङले भने ।

जनता समाजवादी पार्टीले पनि बुधबारदेखि चुनावी प्रचार अभियान सुरु गरेको छ । नेता मनिष सुमनका अनुसार पार्टीका केन्द्रीय सदस्यलले आफूले रोजेका जिल्लामा प्रचारमा खटिएका छन् ।

एकीकृत समाजवादी पनि चुनाव लक्षित कार्यक्रममा केन्द्रित भएको छ । एसले यहि चैतको दोस्रो हप्तादेखि देशैभर अभियानमा निस्किने गरी तयारी भइरहेको नेता जीवनराम श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : २० बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा केही गिरावट भएको

नेटवर्क नक्शामा पुरै जम्मुकाश्मिरलाई पाकिस्तानमा राखेपछि वायुसेवा निगमले माग्यो माफी

काठमाडौं। नेपाल वायुसेवा निगमले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको नेटवर्क नक्सामा

अमेरिकी विशेष दूत सर्जियो गोर आज काठमाडौं आउँदै

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका

झापामा हात्तीको आक्रमणबाट दुई जना घाइते

भद्रपुर । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी चोक नजिक हात्तीको आक्रमणबाट आमाछोरी

करेन्ट लागेर महिलाको मृत्यु

कैलाली । धनगढी उपमहानगरपालिका-३ विशालनगरकी ३० वर्षीया नन्दकला विकको करेन्ट