१६ श्रावण २०८३, शनिबार | August 1, 2026

राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आफ्नै चुनाव चिन्ह पाउने



काठमाडौं । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरूले आगामी चुनावमा आफ्नो दलको चिन्ह पाउने भएका छन् । आज बसेको निर्वाचन आयोगको बैठकले दलको मान्यता नपाएका दलहरूलाई उनीहरूको दलको चुनाव चिन्हलाई मान्यता दिने निर्णय गरेको हो ।

त्यसका लागि ती दलहरूको कुन(कुन जिल्लाका संगठनको अवस्था कस्तो छ रु त्यसको विवरण माग्ने सोही आधारमा चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । त्यसको विवरण पेश गर्नका लागि स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका ७३ दलहरूलाई आगामी चैत ६ गतेभित्र विवरण पेश गर्ने समयसीमा तोकेको छ ।

स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २६ मा यसअघि भएको चुनावमा बाहेक आगामी चुनावहरूमा राष्ट्रिय मान्यता नपाएको दलले आफ्नो दलको चिन्ह नपाउने व्यवस्था थियो । राष्ट्रिय मान्यता पाएका ६ दलले मात्र चुनावमा जाँदा आफ्नो दलको चिन्ह पाउने र अन्य दलले स्वतन्त्रको हैसियतले चिन्ह पाउने भएपछि ती दलहरूले विरोध गर्दै आएका थिए ।

उक्त अवधिमा विवरण पेश नगर्ने दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारलाई प्रदान गरिने निर्वाचन चिन्ह प्रदान गरिने आयोगले प्रस्ट पारेको छ । जिल्लाबाट प्राप्त भएको विवरण भिडेको खण्डमा आयोगले निर्णय गरी मतपत्रमा सो दलको निर्वाचन चिन्ह उल्लेख गर्नेछ ।

त्यसबाहेक भने अन्य जिल्लाका मतपत्रमा उक्त दलको निर्वाचन चिन्ह नभएमा उक्त जिल्लाका स्थानीय तह निर्वाचनमा दलको तर्फबाट उम्मेदवारी दिएमा पनि स्वतन्त्र समूहको निम्ति छुट्याइएको निर्वाचन चिन्ह लिई निर्वाचनमा भाग लिने प्रतिबद्धता समेत दलले व्यक्त गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ४६ बजे

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका

चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको

सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक बरामद

काठमाडौँ । दाङका विभिन्न सामुदायिक वनबाट २१ थान भरूवा बन्दुक

बाँकेका दलहरुले गरे शान्ति, सद्भाव, सामाजिक एकता कायम गर्न अपिल

नेपालगन्ज । सुनसरीको देवानगन्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई ध्यान