१७ बैशाख २०८१, सोमबार | April 29, 2024

मनाङमा मोटरेबल पुलको निर्माणको काम अलपत्र



लमजुङ । मनाङ प्रशासनले वर्षौंदेखि अलपत्र रहेको मोटरेबल पुलको निर्माण कार्य तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिका ४ हुम्दे , वडानम्बर ३ ङावल जोड्ने मस्र्याङ्दी नदीको मोटरेबल पुल र वडानम्बर ५ जोड्ने मुङ्जे खोलाको पुल वर्षाैंदेखि निर्माण अलपत्र अवस्थामा छ । निर्माणाधीन मोटरेबल पुल निर्माण सुरु भएको वर्षौं बितिसक्दा पनि सम्पन्न नभएपछि जिल्ला प्रशासन कार्यालय मनाङले सम्बन्धित निर्माण व्यवसायी र सरकारी निकायको ध्यानाकर्षण गराएको हो ।

करिब पाँच वर्षअघिबाट निर्माण सुरु भएको हुम्डे ङावल पुलको करिब ७० प्रतिशत काम सकिएपछि दुई वर्षअघि भत्किएको थियो । काठमाडौंस्थित निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले चार करोड ५१ हजार लागतमा निर्माण सुरु गरेको पुल निर्माण सम्पन्न नहुँदै भाँचिएपछि पुनः निर्माण सुरु गरे पनि हालसम्म सम्पन्न नभएको स्थानिय पेम्बा गुरुङले बताए ।

पुल निर्माणका लागि निर्माण कम्पनी ग्वाला क्याराभान जेभीले ०७३ सालमा तत्कालीन जिल्ला विकास समिति मनाङसँग सम्झौता गरेको थियो । ०७५ चैतबाट पुल अनुगमनको जिम्मा पूर्वाधार विकास कार्यालय लमजुङले लिएको थियो । त्यसपछि मनाङमा नै पूर्वाधार कार्यालय स्थापना भएपछि लमजुङबाट पनि जिम्मेवारी सरेको थियो । त्यसैगरी मनाङको माथिल्लो क्षेत्र पुग्ने मुख्य मार्गअन्तर्गत मुङजेमा पनि वर्षौदेखि निर्माणाधीन मोटरेबल पुल अलपत्र अवस्थामा छ ।

आर्थिक वर्ष ०७४/०७५ मा सम्झौता भई निर्माण सुरु भएको मोटरेबल पुल निर्माण अवधि दुई वर्ष भए पनि चार वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । मोटरेबल पुल निर्माणको जिम्मा स्वच्छन्दा क्याराभान जेभीले जिम्मा पाएको हो ।

कम्पनीले नौ करोड रकममा निर्माण गर्नेगरी सम्झौता गरेको थियो । सरकारी रकम खर्चेर तोकिएको समयमा काम सम्पन्न नगरेको भन्दै जिम्मा लिने निर्माण व्यवसायी र सम्झौता गर्ने सरकारी निकायलाई तत्काल काम सुचारु गर्न निर्देशन दिएको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताए ।

स्थलगत अवलोकनको लागि उक्त क्षेत्र पुगेका प्रजिअसहितको टोलीलाई स्थानीयले लामो समयदेखि पुल अलपत्र भएको गुनासो गरेपछि तत्काल निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिएको प्रजिअ आचार्यको भनाई छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ८ : ३८ बजे

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको