३० श्रावण २०८३, शनिबार | August 15, 2026

कृष्णनगर बजारको सडक दुई दशकपछि कालोपत्रे



कपिलवस्तु । मर्मत सम्भार नहुँदा जीर्ण भएको कपिलवस्तुको सीमावर्ती कृष्णनगर बजारको सडक कालोपत्रे हुन सुरु भएको छ । कालोपत्रे भत्किएर जीर्ण भएको दुई दशक बढी समय बितेपछि बल्ल सडक निर्माण सुरु भएको हो ।

बजार क्षेत्रभित्र रहेको तीन मुख्य सडक लुम्बिनी प्रदेश सरकार र कृष्णनगर नगरपालिकाको लगानीले निर्माण हुन लागेको छ । वर्षौपछि राज्यले सडक निर्माणमा ध्यान दिएपछि कालोपत्रेको काम सुरु भएको कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले बताए ।

भारतीय रेल्वे स्टेसनबाट सबैभन्दा नजिक दूरी रहेको कृष्णनगर नाकाको सडकको अवस्था जीर्ण भएको कारणले यात्रुहरूले निकै सास्ती खेप्दै आएका थिए । वर्षायाममा सडकमै पानी भेल बग्ने समस्या रहेको थियो । हाल बजार क्षेत्र अन्तर्गत बैङ्क रोड, गल्ला मन्डी रोड, गोल घर सडक कालो पत्रे हुन लागेको छ । लुम्बिनी प्रदेश सरकारको ३ करोडको लगानीमा गोलघर सडक कालोपत्रे सुरु भएको छ ।

यसैगरी बाँकी २ खण्डमा नगरपालिकाले ८ करोड २० लाख बढी रकम खर्च गरेर कालोपत्रेको काम सुरु भएको नगरपालिकाका इन्जिनियर प्रदीप चौधरीले बताए । पालिकाको योजना अनुसार बजार क्षेत्रमा २ किलोमिटर २१७ मिटर कालोपत्रे हुनेछ ।

कृष्णनगर बजार क्षेत्र भित्रको सबै सडक जीर्ण हुँदा स्थानीय र नेपाल भारत आवत जावत गर्ने नागरिकहरूले सास्ती खेप्दै आएका थिए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : २९ बजे

पहिरो र बाढीले विभिन्न सडकमा यातायात प्रभावित

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

महोत्तरी । मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन

काठमाडौंमा आज विभिन्न स्थानबाट ग्यास सिलिन्डर बिक्री गरिँदै

काठमाडौं । नेपाल आयल निगमको समन्वयमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले

बाँकेमा साइबर अपराध : मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज । बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।