३० असार २०८३, मंगलबार | July 14, 2026

संकटमा आरन व्यवसाय



लमजुङ । गाउँघरमा परम्परागत रुपमा चल्दै आएको आरन व्यवसाय विस्तारै लोप हुन थालेको छ । धेरै मिहिनेतमा कम आम्दानी हुन थालेपछि विस्तारै लोप हुने अवस्थामा पुगेको हो ।

पुखौैंदेखि चल्दै आएको यस व्यवसाय वजारमै तयारी भएका साधन आएपछि यसको महत्व पनि त्यत्तिकै कमी भएको आरन व्यवसायिको गुनासो छ । गाउँघरमा चलाउदै आएका हसियाँ, वन्चरो जस्ता हतियार विस्तारै लोप हुँदै गएको मर्स्याङदी गाउँपालिका ५ छिचुका ६१ वर्षीय सन्त कामी बताउँछन् ।

‘पहिला–पहिला बजारमा पनि त्यस्ता साधन पाइदैन्थ्यो केही खर्च दिएर हसिया बन्चरोजस्ता घरायसी चाहिने हतियार बनाउन स्थानीयको चाप हुने गर्दथ्यो,’ उनले भने, ‘अहिले कतै कतैबाट मात्र यस्ता साधन बनाउन आउँछन् ,बजारमा उत्पादित सामनले हाम्रो व्यवसाय पनि लोप हुने अवस्थामा पुगेको छ ।’

समय परिवर्तनसँगै विस्तारै गाउँघरमा परम्परागत रुपमा चलिआएका पेशा पनि लोप हुने स्थितिमा रहेको छिचुका ७८ वर्षिय हर्कबहादुर विक बताउँछन् ।

यस्ता पुराना पेशालाई संरक्षण गरेमा स्थानीय स्तरका स्रोत साधनको पनि भविष्यमा राम्रो अवस्था आउने मर्स्याङदी गाउँपालिका(५ का वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँघरमा भएका साधन, स्रोत र सिपलाई प्रयोगमा ल्यउँदा दिगो र टिकाउ हुने गुरुङको भनाई छ ।

पुर्ख्यौली सीप सिकेर खेर नजाने भन्दै यो व्यवसाय छाडेर पनि कुनै आम्दानी गर्ने अन्य स्रोत केहि नभएकाले पनि यसै व्यवसायमा दिन काट्नु परेको मस्र्याङ्दी गाउँपालिका ५ निउरीका मनबहादुर कामीको भनाई छ । ‘मैले वुवासँग हसियाँ, बन्चरो बनाउने सीप सिकेकाले पनि अहिले मलाई अन्य केही आम्दानीको स्रोत नभए पनि यो सिप काम लागेको छ,’ उनले भने, ‘त्यसैले पुर्ख्यौली पेसा र सीपलाई बचाई आम्दानीको स्रोत बनाउन मेरा परिवारलाई सम्झाउँदै आएको र यसैलाई आफ्नो रोजीरोटिको रुपमा लिदै आएको छु ।’

पहिलेपहिले यसै पेशाले घरपरिवारको एक गाँस खुवाउन केही सहयोग पुगेको थियो भने जनसंख्या वृद्धि र बेरोजगारीको समस्याले गर्दा गाउँघरका अन्य समुदायको हसिया, बन्चरो बनाउदा वर्षेनी एक घरले एक दुई पाथी मकै वा गहुँ दिने गरेकाले यस व्यवसायवाट घरपरिवार पाल्न समस्या भएको सोमबहादुर कामीले बताए ।

एउटा हसियाँको ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँदै कामीले हसियाँ बनाउन एक दिन लाग्ने र त्यो पनि बिक्री नहुने हुँदा सबैले यस्ता पेशा छोड्दै कामका लागि खाडी मुलुक जानुपर्ने अवस्था आउदा पेशा नै पलायन हुन लागेको बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : ४६ बजे

सुनसरीमा विद्युत् प्राधिकरणको स्कारपियो दुर्घटना : दुईको मृत्यु, एक घाइते

सुनसरी । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा

अविरल वर्षाले देशका प्रमुख राजमार्ग प्रभावित, काठमाडौंका मुख्य नाका बन्द

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण काठमाडौं

भुर्तेलको शतक र धामीको घातक बलिङमा जर्सीमाथि नेपालको सानदार जित

काठमाडौं । ओपनर कुशल भुर्तेलको शतकीय इनिङ्स र हेमन्त धामीको

देशभर मनसुनी प्रभाव, कोशी-बागमती-गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन