१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

लुम्बिनी साँस्कृतिक नगरभित्र विकास कोष छ कि विकास कोषभित्र लुम्बिनी नगर ?



भैरहवा । ३६ वर्षअघि गठन भएको लुम्बिनी विकास कोष र पाँच वर्षअघि स्थापना भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाबीच समन्वय नहुँदा यहाँका विकास निर्माणले परिणम दिन सकेको छैन ।

रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाप्रति विश्वको नजर छ । किनकी यही नगरपालिकामा विश्व सम्पदा सूचिमा सूचिकृत गौतम बुद्धको जन्मस्थल छ । विश्वव्यापी चासो भएर पनि नगरपालिका र लुम्बिनी विकास कोषबीच सहकार्य र समन्वय अभाव देखिएको स्थानीयको गुनासो छ ।

गौतम बुद्धको जन्मस्थल भएका हिसाबले नगरपालिकाले आफ्नै बलमा विभिन्न देश र सहरसँग सम्बन्ध बनाएको दावी गर्छ भने विकास कोषले पनि गौतम बुद्ध गुरुयोजना सहितको काम अघि बढाएर विकासको उदाहरणहरू दिइरहेको बताएको छ ।

दुवैै निकायले आ–आफ्नो दावी गरे पनि लुम्बिनीलाई लुम्बिनी गराउन भूमिका खेल्ने स्थानीयको आर्थिक स्तर भने जहाँको तही छ । पर्खाल वरिपरिका क्षेत्रमा विकास गरे जस्तो देखिने तर आसपासका गाउँको अवस्था भने नाजुक छ । लुम्बिनीमा वर्षेनी लाखौं विदेशी पर्यटक आउँछन् । यस्तै स्थानीय, आन्तरिक पर्यटक र बौद्ध धर्मालम्बीहरूको भ्रमण हिसाब नै छैन ।

लुम्बिनी साँस्कृतिक नगरपलिकाका प्रमुख मनमोहन चौधरी पनि समन्वय अभावमा सोचेजति विकास गर्न नसकेको स्वीकार गर्छन । उनी भन्छन, ‘पर्खाल बाहिर जुन रुपमा विकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । हामीले त शून्यबाट काम सुरु गरेका छौं । नगरपालिका गठन हुँदा कोषबाहेकका स्थानहरूमा हिड्नै नमिल्ने बाटोहरूलाई नगरपालिकाले बनाएको छ ।’

साढे चार वर्षमा १२ कार्यविधि, १० कानुन निर्माण
लुम्बिनी साँस्कृतिक नगरपालिकाले स्थानीय तह गठनको साढे चार वर्षमा १२ कार्यविधि र १० वटा ऐन बनाएको छ । लुम्बिनीको मुख्य बाटोलाई मात्र प्राथमिकता नदिई भित्री सडकलाई समेत प्राथमिकतामा राखेर काम गरेको प्रमुख चौधरीले बताए । लुम्बिनी नगरपालिकाको रिङरोड निर्माणकै क्रममा छ, प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा पनि नगरपालिकाले उलेख्य काम गरेको उनको भनाइ छ ।

योबीचमा नगरपालिकाले प्रर्याप्त वैदेशिक समन्वय गरेको उनी बताउँछन् । स्पेन, चीन, भारत लगायत देश र त्यहाँस्थित विभिन्न सहरसँगै आन्तरिक सहरहरू पर्वतको कुस्मा, चितवनको भरतपुरलगायत बुद्धसँग सम्बन्धित सहरहरूसँग पनि सम्बन्ध बनाएको छ । नगरपालिकाका प्रमुख चौधरीले लुम्बिनीको प्रवद्र्धनको लागि स्वदेशमा मात्र नभइ विदेशमा समेत भगिनी सम्बन्ध कायम गरेको बताए । उनले भने, ‘कोषले नगरपालिकासँग सहकार्य र समन्वय नगरी एकोहोरो रुपमा काम गर्दै आएको छ, स्थानीय सरकारसँग जबसम्म सहकार्य र समन्वय हँुदैन दुवैबीच आत्मियता हुँदैन ।’

उनले नेपालकै पहिलो साँस्कृतिक नगरपालिका भएर पनि लुम्बिनी साँस्कृतिक नगरपालिकाभित्र लुम्बिनी विकास कोष छ कि लुम्बिनी विकास कोषभित्र लुम्बिनी साँस्कृतिक नगरपालिका छ भनेर बुझ्न गाह्रो भएको बताए । विकास कोषले नगरपालिकालाई पदेन सदस्य राख्नु पर्नेमा अहिलेसम्म नराखेको उनको भनाइ छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाको अघिल्लो निर्वाचनका मेयरका प्रत्याशी अमिरुद्दिन खानले नगरपालिकाले स्थानीयको समस्या समाधान नगरेको बताए । उनले भने, ‘स्थानीय धेरै असन्तुष्ट छन् । यस मानेमा पनि मेयर असफल भइसके ।’ स्थानीय सरकार भनेको घरघरको समस्या बुझ्ने र समाधानतर्फ लैजाने हुनुपर्ने भए पनि त्यस्तो नभएको उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ५ : ०९ बजे

सूर्य नेपाल काठमाडौं ओपन – दोस्रो दिन दिनेश र भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको