११ फाल्गुन २०८२, सोमबार | February 23, 2026

बुटवलमा नेवाः समुदायको होली- वैज्ञानिक नेवारी संस्कार सबै जातजातिलाई उपयुक्त



बुटवल । बुटवलमा सहक्रिय नेवाः अगुवाहरुले नेवाः समुदायको संस्कार वैज्ञानिक रहेको दाबी गरेका छन् । श्री नेवा पुच नेवा समाज विकास परिषदले आज बुटवलमा आयोजना गरेको होलि मिलन कार्यक्रममा उपस्थित नेवाः अगुवाहरुले नेवाः समुदायको खानपान देखि चाडवाड सबै वैज्ञानिक आधार जोडिएको बताएका हुन् । उनीहरुले आफ्नै भाषा, आफ्नै लिपी, आफ्नै संस्कार र रिवाज रहेपनि एकताबद्ध भने हुन नसकेको औंल्याए । सहभागीहरुले नेवारहरुको हक हित र पहिचान संरक्षणका लागि समुदयका अगुवाहरु राजनीतिक विचार भन्दा माथि उठ्नु पर्ने सुझाव दिएका छन् ।

रुपन्देहीमा छरिएर रहेका नेवार समुदायमा आवद्ध संघसंस्थाहरु बीच भएको होलि शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै इतिहासकार तथा बुटवलका पूर्व उप प्रमुख विमल बहादुर शाक्यले भाषा रहे पहिचान रहने भएकाले जस्तोसुकै भएपनि नेवारी भाषा प्रयोग गर्न अगुवाहरुलाई सुझाव दिए । उनले नगर विकासको क्रममा सबै जातजातिहरुको सहकार्यमा विकासको छलाङ मारेको भएपनि पछिल्लोसमय नेवाः समुदाय पछि परेको बताए । शाक्यले कुनै समय नगरको विकासमा नेतृत्व गरेको नेवाः समुदाय अहिले आफ्नो संस्कृति, परम्परा जोगाउन एकतावद्ध हुनुपर्ने अवस्था आएको बताए। उनले एउटै संस्थामा गोलबद्ध भई अगाडि बढ्न सके आवाज बलियो हुने उनको सुझाव छ।

आदीबासी जनजाती समन्वय समितिका संयोजक शंकर गाहाले पहिचान जोगाउनु नै आदीवासी जनजातीको पहिलो लडाई भएको बताए। उनले पहिचान नभई अधिकार स्थापित नहुने दाबी गर्दै पहुचकै आधारमा बजेट विनियोजन गरिने संस्कारकै कारण पछि पर्नुपर्ने बाध्यता यथावत रहेको बताए।

कार्यक्रममा बोल्दै आयोजक नेवाः पुचका अध्यक्ष काजिमान श्रेष्ठले बताएभाषा, संस्कृति झिगु पौरख, नेवा सम्वत राष्ट्रिय गौरव भन्ने नारासहित स्थापना भएको संस्था निरन्तर भाषा संस्कृतिको उत्थान र संरक्षणमा लागेको दाबी गरे । उनले नेवारहरुले अपनाउने संस्कृति बैज्ञानिक भएकाले सबैलाई उपयोगी भएको स्पष्ट पारे। उनले धेरै संघसंस्थाहरु एउटै उदेश्यमा अघि बढेको भएपनि बाटो फरक हुदा लक्ष्यप्राप्तिमा ढिलाई भएको दुखेसो गरे।

कार्यक्रममा नेवा सेवा समितिका अध्यक्ष चिरञ्जीवी श्रेष्ठ, सल्लाहकार लवकुश श्रेष्ठ, चिरञ्जीवी जोशी, आदीबासी जनजाती महासंघका सदस्य अरुण कुमार श्रेष्ठ, बुटवल उपमहानगरपालिका वडा नं ३ का सदस्य तथा भिमसेन नेवा गुठीका अध्यक्ष लिला श्रेष्ठ लगायतले सबै नेवार समुदायका स्थापना भएका संस्थाहरु एकतावद्ध भएर जानुपर्ने सुझाव दिए। एकआपसमा भएका मनमुटाव हटाउदै समुदायको हकअधिकार प्राप्तिमा लाग्नुपर्ने उनिहरुको सुझाव छ ।

 

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ५ : ३४ बजे

दाङमा बस दुर्घटना, ७ जना घाइते

तुलसीपुर । दाङमा बस दुर्घटना हुँदा ७ जना घाइते भएका

धादिङ बस दुर्घटनाको छानबिन गर्न जाँचबुझ समिति गठन

काठमाडौं । धादिङमा गएराति भएको बस दुर्घटनाको सन्दर्भमा गृहमन्त्री ओमप्रकाश

मतदाता शिक्षालाई कसरी प्रभावकारी बनाउने ?

काठमाडौँ । प्रजातन्त्र या लोकतन्त्रमा जनताले छानेका व्यक्तिहरूले मात्र जनतामाथि

सिन्धुलीको मरिणमा नेपाली-चिनियाँ कामदारबीच झडप, सात जना घाइते

काठमाडौं । सिन्धुलीको मरिण गाउँपालिकामा निर्माणाधीन राँगाको मासु प्रशोधन उद्योगमा

संयोजक प्रचण्डद्वारा धादिङ दुर्घटनाका घाइतेको प्रभावकारी उपचार गर्न आग्रह

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले धादिङमा