८ पुस २०८२, मंगलबार | December 24, 2025

घरेलु हिंसाका घटना बाहिर आउन थाले



लमजुङ । लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे ।

जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटना बढ्दै गएको देखिएको छ । ‘तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्,’ अधिकारीले भनिन् पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउँन थालेका छन् । महिला दिदीबहिनीमा हिंसा लुकाएर बस्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।’

बेसीशहर-७ की सीता भण्डारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुँदैन भन्ने चेतनाको विकास भएको बताइन् ।

उनले भनिन्, ‘पहिले महिला आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनु हुँदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो । हिंसाका घटना बाहिर आउनु नै महिलामा आत्मबल बढ्नु हो ।’

बेसीशहरकी पूर्णिमा गुरुङ पनि महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताउँछिन् ।

वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आव ०७८/७९ को हालसम्म ४८ वटा हिंसाको उजुरी दर्ता भएका छन् । जसमा ३३ वटा घरेलु हिंसाको र १५ वटा ठाडो उजुरीको छन् ।

गत आव ०७७/७८ मा १ सय २१ वटा हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमा ९२ वटा घरेलु हिंसाको र २९ वटा ठाडो उजुरीको रहेको छ ।

यस्तै आर्थिक वर्ष ०७६/७७ मा ७९ वटा हिंसाको उजुरी परेकोमा घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । प्रहरीमा आएका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ५७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना