१६ श्रावण २०८३, शनिबार | August 1, 2026

घरेलु हिंसाका घटना बाहिर आउन थाले



लमजुङ । लमजुङमा घरेलु हिंसाका घटना बाहिर आउन थालेका छन् । पहिला पहिला घरभित्रको कुरा बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मानसिकले महिला हिंसालाई आफैभित्र दवाएर राख्ने गर्थे ।

जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन् । बेसीशहर नगरपालिकाकी उपमेयर लक्ष्मीदेवी अधिकारीले महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताइन् ।

उजुरीका दर्तालाई हेर्दा पहिलेभन्दा अहिले हिंसाका घटना बढ्दै गएको देखिएको छ । ‘तर, त्यसो भन्दैमा पहिला घरेलु हिंसा हुँदै नभएका र अहिले धेरै भएका भने होइनन्,’ अधिकारीले भनिन् पहिले झनै धेरै घटना हुन्थे बाहिर आउन नसकेर मात्रै हो । अहिले यस्ता घटना खुलेर आउँन थालेका छन् । महिला दिदीबहिनीमा हिंसा लुकाएर बस्नु हुँदैन भन्ने चेतनाको विकास भएको छ ।’

बेसीशहर-७ की सीता भण्डारीले हिंसाका घटना बाहिर आउन थालेको भन्दै नागरिकमा हिंसा सहन हुँदैन भन्ने चेतनाको विकास भएको बताइन् ।

उनले भनिन्, ‘पहिले महिला आफ्ना समस्या भन्न लाज मान्ने गर्दथे अहिले हिंसा सहनु हुँदैन भन्ने ज्ञानको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको हो । हिंसाका घटना बाहिर आउनु नै महिलामा आत्मबल बढ्नु हो ।’

बेसीशहरकी पूर्णिमा गुरुङ पनि महिलामा चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको बताउँछिन् ।

वैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको संख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय लमजुङमा चालु आव ०७८/७९ को हालसम्म ४८ वटा हिंसाको उजुरी दर्ता भएका छन् । जसमा ३३ वटा घरेलु हिंसाको र १५ वटा ठाडो उजुरीको छन् ।

गत आव ०७७/७८ मा १ सय २१ वटा हिंसाको उजुरी प्रहरीमा आएको छ । जसमा ९२ वटा घरेलु हिंसाको र २९ वटा ठाडो उजुरीको रहेको छ ।

यस्तै आर्थिक वर्ष ०७६/७७ मा ७९ वटा हिंसाको उजुरी परेकोमा घरेलु हिंसाको ६१ र ठाडो उजुरी १८ वटा प्रहरी कार्यालयमा आइपुगेको छ । प्रहरीमा आएका उजुरीमध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहुविवाह लगायतको घटना रहेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ८ : ५७ बजे

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),

धनुषा र सिरहा कर्फ्यु : बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जनकपुरधाम । धनुषा र सिरहा जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न

सिरहा घटना : मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ८ बुँदे सहमति

सिरहा । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सिरहाको गोलबजारमा भएको प्रदर्शनका