२२ बैशाख २०८१, शनिबार | May 5, 2024

यातायात व्यवस्था कार्यालयका निमित्त कार्यालय प्रमुखसहित ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । गण्डकी प्रदेशको पोखरास्थित यातायात व्यबस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसमेत ९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार विशेष अदालत काठमाडौंमा उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो ।

मुद्दा दायर गरिएका अन्यमा तत्कालिन समयमा गण्डकी प्रदेश पोखराको यातायात व्यबस्था कार्यालयमा कार्यरत शाखा अधिकृत हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, कम्प्युटर अधिकृत होमनाथ शर्मा, कम्प्युटर अपरेटर (करार) झलक पौडेल, कम्प्युटर अपरेटर (करार) मोहनमणि सुवेदी र अधिकृतस्तर आठौं भरतमणि बराल रहेका छन् ।

सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्णलाई उत्तीर्ण गराई उनीहरुले भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ ।

पोखरामा २०७५ मंसिर र २०७६ कार्तिक र मंसिरमा संचालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरुले अनुत्तीर्णलाई उत्तीर्ण गराएका थिए ।

अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण तथा अनुपस्थित परीक्षार्थीहरुलाई उत्तीर्ण गर्ने र उत्तीर्ण भएका परीक्षार्थीहरुलाई अनुत्तीर्ण गरी परीक्षाको परिणाम फेरवदल गर्ने कार्यमा उनीहरु संलग्न रहेको अख्तियारले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार  ३ : ३२ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै