१९ बैशाख २०८३, शनिबार | May 2, 2026

संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल



बुटवल । संचारिका समूह लुम्बिनीको अध्यक्षमा अमृता अनमोल सर्वसम्मत निर्वाचित भएकी छिन् ।

बुटवलमा शनिबार आयोजित समूहको तेस्रो साधारणसभा एवं प्रथम अधिवेशनले उपाध्यक्षमा रुपा गहतराज (बाँके), महासचिब मेनकाकुमारी चौधरी (बर्दिया), सचिव माया केसी(रुपन्देही) र कोषाध्यक्ष उषाकिरण पन्त (रुपन्देही) चयन भएका छन् । यस्तै सदस्यहरुमा गीता ज्ञवाली, रेनुका गिरी, रञ्जीता अधिकारी, लक्ष्मी तिमिल्सेना, अनिता खत्री, विष्णु खनाल, सरिता चौधरी र रिया बस्नेत लगायत चयन भएका छन् ।

समूहको साधारण सभाको उद्घाटन कार्यक्रममा ५ जना अगुवा महिलालाई सम्मानित गरिएको थियो । जसमा रासस दाङकी संवाददाता नारायणी रजौरेलाई संघर्षशील पत्रकारिता पुरस्कार २०७८ बाट पुरस्कृत गरिएको छ भने कानुन महिलाबालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्तीलाई संघर्षशील महिला नेताका रुपमा सम्मानित गरिएको थियो । यस्तै समूहले रुपन्देहीका उद्यमी रचना पन्त, सावित्रा टण्डन र मन्जु ज्ञवाली भुसाललाई संघर्षशील महिला उद्यमीका रुपमा सम्मानित गरेको छ ।

उद्घाटन सत्रमा बोल्दै मन्त्री रमा घर्तीले महिला पत्रकारहरुको क्षमताअभिवृद्धि र प्रोत्साहनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उनले सत्य तथ्य र खोजी समाचारकालागि पत्रकार महिलाहरु मेहनती भएर लाग्न सुझाब दिइन् ।

संविधान सभा सदस्य विनोद पहाडीले पत्रकार महिलाहरुको संघर्षलाई समाजको सहयोग रहेको बताए । कार्यक्रममा पत्रकार महासंघ नेपालका केन्द्रीय सदस्य भवानीप्रसाद पाण्डे, प्रदेश महासचिव विक्रम खड्का, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  १० : ३२ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि