१६ श्रावण २०८३, शनिबार | August 1, 2026

खेतबारीमा विद्यार्थी !



झापा । आजकाल झापाका विद्यार्थी पोशाकमै खेतबारीमा देखिन्छन् । कृषिलाई आधुनिकीकरण गर्दै खेतबालीमा अध्ययन गर्दैछन्, विद्यार्थी । ती विद्यार्थी हुन्- बाली विज्ञानका । पछिल्लो समय प्राविधक र व्यवसायिक शिक्षा सुरु भएसँगै यसको अध्ययन गर्ने क्रम बढेको छ ।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थीहरू अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । झापा गाउँपालिकामा रहेको जनता माविमा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी यतिबेला खेतबारीमा देखिन्छन् ।

सरकारको सहयोगसमेत पाएपछि उनीहरू सामूहिक रूपमा व्यवसायिक खेती गर्न थालेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष खेतीमा लाग्ने प्रविधि र टनेल निर्माणमा सहयोग भएपछि विद्यार्थीहरू आफैँ व्यवसायिक रूपमै खेतीमा लागेका छन् । कृषि पढ्ने विद्यार्थीले अभ्यास गर्ने क्रममा व्यसायिक रूपमा खेती थालेको जनता माविमा कक्षा ११ मा बाली विज्ञान अध्ययन गर्ने विद्यार्थी विपिसा प्याकुरेलले बताइन् । ‘हामी यही विषय पढ्दै आएका छौँ । हामीले अध्यास पनि गर्नुपर्छ । सरकारले नै प्रविधि र टनेल दिएपछि आफैँ उत्पादनमा लागेका हौँ,’ उनले भनिन्, ‘यसले अध्ययन पनि भयो । हामीलाई आर्थिक रूपमा केही सहज पनि भयो ।’

सिक्ने र गर्ने इच्छा हुँदा विद्यार्थीले समेत सफलपूर्वक खेती गरेका छन् । पढाईसँगै आम्दानीसमेत गर्ने गरी विद्यार्थीले गरेको खेतीले अन्य किसानलाई समेत प्रेरित गरेको उनी बताउँछिन् ।

झापा गाउँपालिका क्षेत्रमा कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षा मात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको बाली विज्ञानअन्तर्गत कक्षा-९ का विद्यार्थी वसन्त दाहालले जानकारी दिए । यसले गर्दा किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हसुने समस्याका बारेमा जानकारी लिन सहज भएको बताएका छन् ।

विद्यार्थीले चालु आर्थिक वर्ष हाइव्रेड मकैको खेतीको प्रदर्शनी समेत गरेका थिए । एक हेक्टर क्षेत्रमा गरेको मकै खेती र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ झापाले गत वर्ष टनेल निर्माणमा १० लाख अनुदान सहयोग गरेपछि विद्यार्थीहरू खेतीमा थप आकार्षित भएको परियोजनाका प्रमुख रवीन्द्र सुवेदीले बताए । ‘विद्यार्थीले सिक्न पनि पाएका छन् । आम्दानी पनि भएको छ,’ उनी भन्छन्, ‘यसले कृषिलाई आधुनिकीकरण र व्यवसायिकीकरण गर्न सघाउ पुगेको छ ।’

 

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ३६ बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष