६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

आइएमई पेको ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ विजेता घोषणा



काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले ‘उत्सवको बहार दुवई घुम्ने उपहार’ विजेताको घोषणा गरेको छ ।

धनगढी कैलालीका अमिगो मनी ट्रान्सफर र सिमरा बाराका मोबाइल सरोकार उक्त स्किम अन्तर्गत विजेता घोषित भएका छन् । दशैं, तिहार र छठलाई लक्षित गरी तयार पारिएको उपहार योजनाको घोषणा गरिएको हो ।

आइएमई काउण्टरबाट आइएमई पे मोबाइल एप प्रयोग गरी स्किम अवधिमा हवाई टिकट विक्री गरेवापत सिस्टममा आधारित लक्की ड्र मार्फत विजेता छनोट गर्दा यी दुई विजेता बन्न सफल भएका हुन् । आईएमई पे ले व्यवसाय प्रवद्र्घनमुखी स्किममार्फत व्यवसायिक साझेदारहरुलाई पुरस्कृत गर्ने उद्देश्यले यो योजना सञ्चालन गरेको थियो ।

उक्त कार्यक्रममा दुई जोडीलाई ४ रात ५ दिनका लागि दुवई घुम्ने अवसर प्राप्त हुने गरी तयार पारिएको थियो । कोभिडका कारण बाहिरी देश भ्रमणको लागि उपर्युक्त समय नभएको कारण सोही भ्रमणको लागि लाग्ने खर्च प्रतिविजेता १ लाख ५० हजार आइएमई पे एपमार्फत स्किमका विजेताहरुलाई ट्रान्सफर गरिएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ३ : ३१ बजे

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय