१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

गुल्मी एमालेको ‘म जहाँ छु–त्यही खट्छुु’ चुनावी अभियान सुरु



गुल्मी । स्थानीय तहको निर्वाचनको मिति नजिक आएसँगै नेकपा एमाले गुल्मीले चुनावी अभियान सञ्चालन गरेको छ । ‘म जहाँ छु–त्यही खट्छु मेरो वडा र पालिका म जिताउँछु’ भन्ने अभियान सुरु गरेको हो ।

चुनावमा हरेक नेता, मोर्चा र कार्यकर्ताको सक्रियता बढाउन अभियान सञ्चालन गरिएको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बालसिंह काउछाले जानकारी दिए । उनले आफू बसेकै ठाउँबाट पार्टी काममा लाग्ने, प्रचार गर्ने, संगठित गर्ने र आम नागरिकमा एमालेका विरुद्ध केन्द्रित दलका भ्रम चिर्न अभियान सञ्चालन गरिएको बताए ।

अहिले सबै पालिकामा भेला प्रशिक्षण, वर्गीय संगठन, सम्पर्क मञ्च तथा कमिटीहरू अधिवेशन धमाधम भएकाले बिस्तारै योजनाबद्ध परिचालनमा पार्टी केन्द्रित हुने काउछाले बताए । दुवै क्षेत्रमा संघीय सांसद प्रदीप ज्ञवाली र गोकर्ण विष्टले भेला प्रशिक्षण गरिरहेका छन् । प्रदेश सांसद, केन्द्रीय सदस्य र जिल्ला कमिटीहरूले निरन्तर पालिका स्तरिय भेला तथा प्रशिक्षण सम्पन्न भएका छन् ।

सत्ता गठबन्धनसँगै चुनावी गठबन्धनमा गर्नुपर्नेमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी सक्रिय छन् । तर, एमालेले आफूलाई एक्लै चुनावी मैदानमा लगेर समृद्ध नेपालको लागि नागरिकको आर्सीवाद खोजिरहेको छ । एमाले फुटको मौका छोप्ने दाउमा रहेको कांग्रेसलाई गठबन्धन सजिलो छैन । माओवादीका अधिकांश नेता आफूलाई सुरक्षित गर्ने रणनीतिमा छन् ।

पछिल्लो समय मात्रै सयौँ माओवादी र कांग्रेसबाट युवा कार्यकर्ता एमालेमा प्रवेशको लहर चलेकाले आफूहरू ढुक्क भएर चुनावी मैदानमा लाग्ने नेकपा एमाले जिल्ला कमिटी सचिव गणेश श्रीपालीले बताए । कांग्रेसभित्रै चुनाव कुरेर बसेका व्यक्ति, अधिवेशनबाट पाखा लागेको ठूलो तप्का, चुवावी अन्तर्घात तथा माओवादीमा देखिएको एमाले मोहलाई व्यवस्थित गरेर नै आफूहरू अगाडी बढ्ने श्रीपालीले बताए ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ७ : ०२ बजे

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको