१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

मनोमानी गरिएको ब्याजदर र मुल्य बृद्धि घटाउन व्यवसायीको माग (विज्ञप्तिसहित)



बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधीक बृद्धि गरेको भन्दै उद्योग ब्यापार संघ बुटवलले आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति प्रकाशित गर्दै बैंक र वित्तिय संस्थाका एकतर्फि र मनोमानी व्याज दर बृद्धि गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर बृद्धिले उद्योग– व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएको संघको आरोप छ । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर बृद्धि गर्दा आर्थिक भार थेग्न नसकी उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।

मनोमानीरुपले ब्याज दर बृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याज दर बृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यबृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ५४ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष