१५ बैशाख २०८३, मंगलबार | April 28, 2026

मनोमानी गरिएको ब्याजदर र मुल्य बृद्धि घटाउन व्यवसायीको माग (विज्ञप्तिसहित)



बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधीक बृद्धि गरेको भन्दै उद्योग ब्यापार संघ बुटवलले आपत्ति जनाएको छ । संघले आज एक विज्ञप्ति प्रकाशित गर्दै बैंक र वित्तिय संस्थाका एकतर्फि र मनोमानी व्याज दर बृद्धि गरेको प्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

ब्याजदर बृद्धिले उद्योग– व्यवसायसंगै अर्थतन्त्रमा नकारात्मक असर परेको भन्दै तत्काल ब्याजदर र मुल्यबृद्धि घटाउन संघले माग गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले तरलता अभाव देखाएर कर्जा लिंदा गरिएको सम्झौता लत्याएको संघको आरोप छ । विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले तोकेको सीमा समेत नाघ्ने गरी हचुवाको भरमा मनोमानी ढंगले ब्याजदर बृद्धि गर्दा आर्थिक भार थेग्न नसकी उद्योगी व्यवसायीहरुले आत्महत्या समेत गर्न वाध्य भएको संघको विज्ञप्तिमा उल्लेख छ ।

संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएर पत्र पठाउने र दबाब दिएर असुल्ने प्रवृत्तिले उद्योगमैत्री, लगानीमैत्री र आर्थिक समृद्धिमैत्री वातावरण बन्न नसकेको उल्लेख छ ।

मनोमानीरुपले ब्याज दर बृद्धि गर्ने परिपाटीलाई नियन्त्रण गरी एकरुपता कायम गर्न ब्याज दर बृद्धिको निश्चित सीमा कायम गर्न र मुल्यबृद्धि समेत तत्काल घटाउन माग गर्दै संघले नेपाल राष्ट्र बैंकको समेत ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  ९ : ५४ बजे

वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै

बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र

बागलुङ । बागलुङ नगर अस्पताल भवन निर्माणको काम अलपत्र परेको

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि आवेदन खुला

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्ड (सेबोन)को रिक्त अध्यक्ष

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

काठमाडौं । आजदेखि नयाँ शैक्षिकसत्रको औपचारिक थालनी हुँदैछ । सरकारको

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिका-१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय