२७ भदौ २०८३, शनिबार | September 13, 2026

लेटाङमा प्रहरी र स्थानीयबासीबीच झडप, एक महिला प्रहरीको घाँटीमा छुरा प्रहार, अवस्था गम्भीर



विराटनगर । विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको भन्दै शिक्षकलाई नियन्त्रणमा लिन खोज्ने स्थानीयबासी र आरोपित शिक्षकलाई पक्राउ गर्न पुगेका प्रहरीबीच झडप हुँदा एक जना प्रहरी जवान गम्भीर घाइते भएका छन् ।

लेटाङ नगरपालिका– ५ स्थित शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेललाई स्थानीयबासीको नियन्त्रणबाट मुक्त गराउन पुगेको प्रहरी माथि आक्रमण हुँदा एक जना महिला प्रहरी गम्भीर घाइते भएकी हुन् । ती प्रहरीको घाँटीमा धारीलो हतियारले रेटिएको र अचेत अवस्थामा प्रहरीले उद्दार गरेको एक प्रत्यक्षदर्शीले खबरकुरालाई बताए । यद्देपी प्रहरीले भने समाचारको पुष्टि गरेको छैन ।

शुक्रबार शिक्षक पौडेलले कक्षा ६ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेको स्थानीयबासीको आरोप छ । विद्यार्थीको उजुरीका आधारमा प्रधानाध्यापक र वडा अध्यक्षले प्रहरी बोलाएर शिक्षकलाई बुझाउने तयारी भइरहेका बेला आक्रोशित स्थानीयले विद्यालयमा आक्रमण गरेका थिए ।

स्थानीयबासीले शिक्षकलाई उन्मुक्ति दिलाउन प्रहरीलाई बुझाउन खोजिएको भन्दै विद्यालय र प्रहरी माथि लगातार आक्रमण गरेको स्थानीयबासीले बताएका छन् ।

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईका अनुसार आरोपी शिक्षकलाई प्रहरी कार्यालय ल्याइएको छ भने स्थिति नियन्त्रण गर्न थप प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १० : ४८ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित