१६ श्रावण २०८३, शनिबार | August 1, 2026

बाहुनडाडाँको चिसापानी सामुदायिक वनमा भीषण डढेलो



लमजुङ । लमजुङका मर्स्याङदी गाउँपालिका-६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा भीषण डढेलाे लागेकाे छ । शनिबार दिउँसोबाट निरन्तर डढेलो लागेको स्थानीयले बताएका छन् ।

हावा चलेकाले डढेलाे नियन्त्रण गर्न कठिन भएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारु कतिलाले बताइन् । उनले भनिन्, ‘शनिबार लागेको आगो झनझन् बढ्दै गएको छ । आगो नियन्त्रणका लागि अग्नीरेखा कोरिए पनि आगोको मुस्लो ठूलो भएकाले निभाउन सकिएकाे छैन ।’

मर्स्याङदी नदी नजिकैको तातोपानी कुण्डमाथिबाट चिसापानी सामुदायिक डढेलाे लागेको हो । वनमा एक्कासी डढेलाे लागेपछि स्थानीय आइतबार आगो नियन्त्रणका लागि पुगेका थिए ।

डिभिजन वन कार्यालय लमजुङका प्रमुख डिभिजनल वन अधिकृत पूणेश्वर सुवेदीले डढेलाे नियन्त्रणबारे आइतबार बेलुका मात्र खबर आएको बताए ।

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ०१ बजे

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,

२५ करोडभन्दा कम लागतका उद्योगको सिफारिस प्रदेशबाटै

काठमाडौं । उद्योग विभागले स्थिर पुँजी रु २५ करोडभन्दा कम

नेपाल-चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा, राजदूत चाङले जारी गरे सन्देश

काठमाडौँ । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७१ वर्ष

धनुषा र सिरहाको लहानमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय धनुषाले जारी गरेको कर्फ्युः आदेश