१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

ललितपुरमा स्थानीय निर्वाचनका लागि ३१ दल दर्ता



ललितपुर । जिल्ला निर्वाचन कार्यालय ललितपुरमा स्थानीय निर्वाचनमा भाग लिनका लागि ३१ वटा दल दर्ता भएका छन् । निर्वाचन कार्यालयकी सूचना अधिकारी सरस्वती शर्माका अनुसार आइतबार ५ बजेसम्म ३१ वटा दल दर्ता भएका हुन् ।

जिल्लामा दर्ता भएका दलले पुरानै चिन्ह पाउने सूचना अधिकारी शर्माले बताइन् । भनिन्, ‘मतपत्र छाप्न र निर्वाचन प्रकृया सझिलो होस भनेर जिल्लामा पनि दल दर्ता गरिएको हो । आयोगमा पहिले नै दल दर्ता भइसकेको छ ।’

निर्वाचन आयोगले केही दिनअघि आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ । यही चैत्र १३ गते आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दैछ ।

निर्वाचन आयोगले ललितपुरका हरेक पालिकामा केही दिनमा निर्वाचन अधिकृतको कार्यालय खोल्दैछ । मतदाता शिक्षाको कार्यक्रम पनि सुरु बाँकी छ ।

सूचना अधिकारी शर्माका अनुसार ललितपुरमा नमूना मतदान कार्यक्रम पनि हुनेछ । सरकारले स्थानीय निर्वाचनका लागि म्यादी प्रहरी भर्ना सुरु भइसकेको छ र भने मतदाता शिक्षामा लागि सामाजिक परिचालक र स्वास्थ्य स्वयम्सेवकहरु खटाउन पनि बाँकी नै छ ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  १० : ५४ बजे

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको

सुनचाँदीको मूल्यमा वृद्धि, छापावाल सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा

उद्धारपछि सञ्जय साह – ‘सबैलाई बचाउने क्रममा म आफैँ फसेँ, महामन्त्र जप गर्दै बसेँ’

काठमाडौं । भोटेकोशी-त्रिशूली बाढीका कारण माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको

कृष्णभीरमा ट्र्याक खोल्न थालियो

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्र्याक खोल्ने काम