१४ भदौ २०८३, आइतबार | August 31, 2026

भोट हाल्न काठमाडौंबाट घर फर्किनेको लर्को



काठमाडौं । स्थानीय तहको चुनाव आउन २ दिनमात्र बाँकी रहँदा काठमाडौंबाट घर फर्किनेको घुईचो सुरु भएको छ ।

काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नागरिकहरु मतदानका लागि आआफ्नो घर फर्किन थालेपछि नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर लगायतका क्षेत्रमा भीड बढेको छ । नयाँ बसपार्कबाट बाहिरिने अधिकांश बस र माइक्रो बसको भोलिसम्मको टिकट यसअघि नै बिक्री भैसकेको छ ।
मानिसहरु आआफ्नो सामान बोकेर गाडी चढ्न भीड गरेका छन् । कतिपय त सामान ओसार्ने गाडीमा समेत बसेर घर फर्किँदैछन् ।

भीड बढेका कारण ती क्षेत्रमा ट्राफिक जाम समेत बढेको छ । आजैबाट धेरै जसो शिक्षणसंस्था पनि बन्द भएका कारण घर फर्किनेको संख्या बढेको हो । ट्राफिक प्रहरीका अनुसार केहीदिन यता उपत्यका बाहिरिने मानिसको संख्या बढिरहेको छ ।

काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ ।

सरकारले चुनावको दिन शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ०८ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति