१५ बैशाख २०८१, शनिबार | April 27, 2024

भोट हाल्न काठमाडौंबाट घर फर्किनेको लर्को



काठमाडौं । स्थानीय तहको चुनाव आउन २ दिनमात्र बाँकी रहँदा काठमाडौंबाट घर फर्किनेको घुईचो सुरु भएको छ ।

काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरेर बसेका नागरिकहरु मतदानका लागि आआफ्नो घर फर्किन थालेपछि नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर लगायतका क्षेत्रमा भीड बढेको छ । नयाँ बसपार्कबाट बाहिरिने अधिकांश बस र माइक्रो बसको भोलिसम्मको टिकट यसअघि नै बिक्री भैसकेको छ ।
मानिसहरु आआफ्नो सामान बोकेर गाडी चढ्न भीड गरेका छन् । कतिपय त सामान ओसार्ने गाडीमा समेत बसेर घर फर्किँदैछन् ।

भीड बढेका कारण ती क्षेत्रमा ट्राफिक जाम समेत बढेको छ । आजैबाट धेरै जसो शिक्षणसंस्था पनि बन्द भएका कारण घर फर्किनेको संख्या बढेको हो । ट्राफिक प्रहरीका अनुसार केहीदिन यता उपत्यका बाहिरिने मानिसको संख्या बढिरहेको छ ।

काठमाडौंबाट मतदानका लागि घर फर्किनेहरु बढेसँगै काठमाडैंको सडकमा सवारीको चाप कम भएको छ ।

सरकारले चुनावको दिन शुक्रबार देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ९ : ०८ बजे

पचासी लाखमा वडा कार्यालय भवन निर्माण

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका-६ मराङमा रु ८५ लाखको लगानीमा

ढकमक्क ज्याकाराण्डा

काठमाडौं । काठमाडौंको कमलपोखरी परिसर छेउमा ढकमक्क फुलेको ज्याकाराण्डा फूल

बझाङमा उत्साहपूर्वक मतदान हुँदै

बझाङ । बझाङ प्रदेशसभा निर्वाचन ९१ ० मा मतदाता उत्साहपूर्वक

आइपिएलमा कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित

काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति

शान्तिपूर्ण रूपमा इलाम-२ मा मतदान सुरु

इलाम । इलाम क्षेत्र-२ मा मतदान सुरु भएको छ ।