१४ भदौ २०८३, आइतबार | August 31, 2026

कपिलवस्तुमा कांग्रेसबाट उपमेयर र दाङमा एमालेबाट वडा अध्यक्षका उम्मेदवारको मृत्यु



काठमाडौं । कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको उपमेयर पदका उम्मेदवार शुभावती कुर्मीको मृत्यु भएको छ ।

नगरपालिकाका निवर्तमान उपमेयरसमेत रहेकी कुर्मी नेपाली काँग्रेसबाट पुनः उम्मेदवार भएकी थिइन । गए राती श्वास प्रश्वासमा असहज भए पछि उपचारको लागि उनलाई कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो ।

उपचारको क्रममा राति १ बजे निधन भएको स्थानीय व्रिजेश यादवले बताए । उनको हृदयघातको कारण मृत्यु भएको बताइएको छ । मृतक कुर्मीको शवको आजै दाह संस्कार गरिने तयारी गरिएको छ ।

कांग्रेसले कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाइसकेको छ । उपमेयरका उम्मेदवारको निधन भएका कारण त्यहाँको चुनाव स्थगित हुनसक्ने देखिएको छ । निर्वाचन कार्यालयले मृत्युबारे निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले यसबारे निर्णय गर्नेछ ।

उता, दाङको तुलसीपुर उपमहानगरपालिका–१७ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ ।

चुनाव प्रचारको क्रममा बिरामी परेका चौधरीको सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो । उनको अवस्था चिन्ताजनक भएपछि नेपालगन्जस्थित भेरी अस्पतालबाट रहेको त्रित्रि शिक्षण अस्पताल महाराजगन्ज ल्याइएको थियो । चौधरीको शवलाई दाङ लैजाने तयारी भैरहेको एमालेले जनाएको छ ।

 

न्।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  ८ : ४९ बजे

सप्तकोशीमा पानीको बहाव बढ्यो, ब्यारेजका २२ ढोका खोलिए

सुनसरी । सप्तकोशी नदीमा जलसतह निरन्तर बढेपछि कोशी ब्यारेजका २२

अन्तहीन पर्खाइ : शवगृहका ढोकाहरूमा आफन्तको शव खोज्दै बाढीपीडित परिवार

चितवन । “त्यो बिहान ८ः४४ मिनेट जाँदा फोनमा कुरा हुँदै

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौँ । भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौँ । बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

नेपालगन्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिको शपथ तथा पदभार

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी र कार्यसमिति