१४ चैत्र २०८२, शनिबार | March 28, 2026

देवदह स्मृति वनमा प्रस्तर कार्यशाला हुँदै



बुटवल । स्मृति वन बाटिकामा मंगलबारदेखि दोस्रो देवदह राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यशाला को तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले बताए । पोखरेलले देवदह नगरपालिका, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा संचालन हुने कार्यशालामा देशभरका २५ जना मुर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्घसंग सम्बन्धि मुर्तिहरु निर्माण गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले बुद्घ मावली देवदहलाई पर्यटकिय नगरको रुपमा विकास गराउने लक्ष्य रहेको बताए । पर्यटन प्रवद्र्घनका लागि पुर्वाधारमा गरिएको लगानीलाई उद्योगको लगानीसंग तुलना गर्दै यसबाट प्रतिफल आउन केही समय लाग्ने उनको तर्क छ ।

खत्रीले देवदह क्षेत्रका अधिकाश पार्कहरु चुरेको छेउमा पर्ने हुदा पार्कहरुलाई निरन्तर संरक्षण गर्नु चुनौती देखिएको बताए । नगरमा धेरै योजनाहरुको डिपिआर बनाएर ३ तहकै सरकारसंग सहकार्य गरि लगानी गरिने उनले बताए । उनले बुद्घ मावली क्षेत्रको रुपमा रहेको देवदहका पुरातात्त्विक क्षेत्रहरुको उत्खनन्, प्रचारप्रसारको काम निरन्तर जारी रहेको बताए ।

ड्रिम देवदह संयोजक सिद्धिचरण भट्टराईले स्मृति सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक विकासमा टेवा पुग्ने गरि पर्यटकिय क्षेत्र निर्माणको काम भैरहेको जानकारी दिए । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यिकरण गर्ने अभियानमा लागेको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विद्यादेवि गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ याम बहादुर थापाले कला र कलाकारको सम्मान हुने गरि कार्यक्रम गरिदा यसबाट पर्यटकिय स्थलको समेत आकर्षण बढ्ने बताए ।

कार्यक्रममा सहसंयोजक तथा स्मृति सामुदायिक उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङले पार्कमा हालसम्म करीब १ करोड रुपैया बढि खर्च भएको बताए । पछिल्लो पाच वर्षमा तारबारमा ३० लाख, तडबन्धन तथा सेडमा ५० लाख र हर्बल गार्डेनमा गरि करिब २० लाख खर्च भएको उनले बताए । करीब ५ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पुर्वाधार निर्माण अन्तरगत सडक निर्माण, पिकनिक सेड, तारबार तथा सरसफाईका काम भएको छन। लायन्स क्लब अफ बुटवल स्टार्ससको अगुवाईमा हर्बल गार्डेन बनाउने काम भएको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०० बजे

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले

प्रधानमन्त्रीद्वारा भारत र पाकिस्तानका नेताहरुप्रति कृतज्ञता व्यक्त, सहकार्यको प्रतिबद्धता

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भारतका प्रधानमन्त्री तथा पाकिस्तान राष्ट्रपति

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)