१५ चैत्र २०८०, बिहिबार | March 29, 2024

देवदह स्मृति वनमा प्रस्तर कार्यशाला हुँदै



बुटवल । स्मृति वन बाटिकामा मंगलबारदेखि दोस्रो देवदह राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यशाला को तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले बताए । पोखरेलले देवदह नगरपालिका, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा संचालन हुने कार्यशालामा देशभरका २५ जना मुर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्घसंग सम्बन्धि मुर्तिहरु निर्माण गर्ने जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै देवदह नगरपालिकाका नगरप्रमुख हिरा बहादुर खत्रीले बुद्घ मावली देवदहलाई पर्यटकिय नगरको रुपमा विकास गराउने लक्ष्य रहेको बताए । पर्यटन प्रवद्र्घनका लागि पुर्वाधारमा गरिएको लगानीलाई उद्योगको लगानीसंग तुलना गर्दै यसबाट प्रतिफल आउन केही समय लाग्ने उनको तर्क छ ।

खत्रीले देवदह क्षेत्रका अधिकाश पार्कहरु चुरेको छेउमा पर्ने हुदा पार्कहरुलाई निरन्तर संरक्षण गर्नु चुनौती देखिएको बताए । नगरमा धेरै योजनाहरुको डिपिआर बनाएर ३ तहकै सरकारसंग सहकार्य गरि लगानी गरिने उनले बताए । उनले बुद्घ मावली क्षेत्रको रुपमा रहेको देवदहका पुरातात्त्विक क्षेत्रहरुको उत्खनन्, प्रचारप्रसारको काम निरन्तर जारी रहेको बताए ।

ड्रिम देवदह संयोजक सिद्धिचरण भट्टराईले स्मृति सामुदायिक वनका उपभोक्ताहरुलाई आर्थिक विकासमा टेवा पुग्ने गरि पर्यटकिय क्षेत्र निर्माणको काम भैरहेको जानकारी दिए । स्मृति पार्क नाम दिएर यसको सौन्दर्यिकरण गर्ने अभियानमा लागेको उनले बताए ।

कार्यक्रममा नगरपालिकाका उपप्रमुख विद्यादेवि गुरुङ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ याम बहादुर थापाले कला र कलाकारको सम्मान हुने गरि कार्यक्रम गरिदा यसबाट पर्यटकिय स्थलको समेत आकर्षण बढ्ने बताए ।

कार्यक्रममा सहसंयोजक तथा स्मृति सामुदायिक उपभोक्ता समुहका अध्यक्ष भरत कुमार गुरुङले पार्कमा हालसम्म करीब १ करोड रुपैया बढि खर्च भएको बताए । पछिल्लो पाच वर्षमा तारबारमा ३० लाख, तडबन्धन तथा सेडमा ५० लाख र हर्बल गार्डेनमा गरि करिब २० लाख खर्च भएको उनले बताए । करीब ५ विगाहा क्षेत्रफलमा फैलिएको पार्कमा पुर्वाधार निर्माण अन्तरगत सडक निर्माण, पिकनिक सेड, तारबार तथा सरसफाईका काम भएको छन। लायन्स क्लब अफ बुटवल स्टार्ससको अगुवाईमा हर्बल गार्डेन बनाउने काम भएको उनले बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०० बजे

एसइई परीक्षा : सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

सुदूरपश्चिम । आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्व

प्रेस चौतारी रुपन्देहीको आयोजनामा दुइदिने डिजिटल मिडिया व्यवस्थापन तथा लेखनवृत्ति तालिम सम्पन्न

बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देही शाखाको आयोजनामा दुईदिने डिजिटल

अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली

झापा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

रुपन्देहीको तिलोत्तमामा रहेको लुम्बिनी वल्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम गर्ने

बुटवल । रुपन्देहीको तिलोत्तमा-१३ मधवलियामा रहेको लुम्बिनी वल्ड स्कुलले अभिभावकका