७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न बुटवलमा श्रम बैंक स्थापना



बुटवल । बुटवल उपमहानगरपालिकाले सीपयुक्त श्रमशक्तिलाई रोजगारी सिर्जना गर्न श्रम बैंक पोर्टल बुटवल रोजगार डटकमको शुरुवात गरेको छ ।

बेरोजगार नागरिक र रोजगारदाता बीचको समन्वयका लागि सहयोग पुग्ने गरी स्थापना गरिएको श्रम बैंकको सोमबार एक कार्यक्रमबीच उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे ।

रोजगार चाहने नागरिकले देश वा देश बाहिर रहेको अवस्थामा पनि ‘बुटवल रोजगार डटकम’मा गई अनलाइन फर्म भर्न सक्ने छन् । फर्म भर्दा आफ्नो क्षमता, आफूले चाहेको रोजगार तथा अपेक्षा गरेका सेवासुविधा सबै खुलाएर आवेदन दिन सक्नेछन् ।

सुवेदीले श्रम बजारमा बेरोजगार रहेका नागरिकहरूको पहिचान गरी उद्योग, कलकारखाना तथा व्यापार व्यवसाय लगायत रोजगार दाता संस्थाहरूका लागि आवश्यक जनशक्ति उपलब्ध गराउन श्रम बैंकले सहयोग गर्ने बताए । स्थानीय तहमा रोजगार सेवा केन्द्रको स्थापना र सञ्चालन भइराखेका छन् । जसले रोजगार प्रत्यासी र रोजगार प्रदायकबीच रोजगार सम्बन्धी सम्पूर्ण सूचना र जानकारीको विवरण उपलब्ध गराउन सेतुको काम गर्ने मेयर सुवेदीले बताए ।

स्थापना गरिएको श्रम बैंकमा गएर बेरोजगार नागरिकहरूले आफ्नो विवरणसहित आफूले गर्न चाहेको कामबारे खुलाएर आवेदन दर्ता गर्न पाउने छन् । रोजगारदाताले आफ्ना लागि आवश्यक जनशक्ति यही पोर्टलमार्फत माग गर्न सक्नेछन् । यो पोर्टलको शुरूआतसँगै बेरोजगारीको समस्या समाधान हुनुका साथै जनशक्तिको अभाव नहुने अपेक्षा व्यक्त गरे ।

उपप्रमुख गुमादेवी आचार्यले श्रम बैंकको स्थापनासँगै रोजगार र जनशक्तिको व्यवस्थापनमा सहयोग पुग्ने बताइन् । उपमहानगरलाई आर्थिक रूपमा समृद्ध बनाउनका लागि यसले सहयोग पुग्ने बताइन् ।

सहयोगी संस्थाका रूपमा रहेको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजूले निजी क्षेत्रसँगको सहकार्यमा उपमहानगरले नयाँ अभ्यासको शुरूआत गरेको भन्दै खुशी व्यक्त गरे । सञ्चालनमा आएको रोजगार पोर्टलले रोजगारदाताले विदेशी कामदारको भर पर्नुपर्ने तथा जनशक्ति अभावको अन्त्य हुने विश्वास व्यक्त गरे ।

पोर्टलबाट टे«ड युनियन कांग्रेसका नेता कृष्ण बेल्बासेले बेरोजगार जनशक्तिले आफ्नो क्षमताअनुसारको रोजगारीको अवसर प्राप्त गर्ने उल्लेख गरे ।

रोजगार बैंकबारे जानकारी गराउँदै प्राविधिक मनोज पौडेलले हालसम्म पोर्टलमा २ हजार बढी रोजगार चाहनेहरूको डाटा राख्ने काम भइसकेको जानकारी गराए । यसैगरी रोजगारदाता निकायले आफूलाई आवश्यक जनशक्ति लगायत सबै विषय खुलाएर जनशक्ति माग गर्न सक्नेछन् । यसरी रोजगार दाता र रोजगार चाहनेहरूले यो बैंकमार्फत सम्पर्क स्थापना गरी फाइदा लिन सक्ने प्राविधिक पौडेलले जानकारी दिए ।

रोजगार संयोजक अरविन्द्र पाण्डेले समृद्ध बुटवल बनाउनको लागि रोजगारी बैंक निकै प्रभावकारी बन्ने बताए । उनले युवा इलम कार्यक्रमबाट सीप सिकेका, प्रधानमन्त्री रोजगार कार्यक्रममा समावेश भएका करीब ३ हजारले ज्यालादारीमा रोजगार पाएको बताए ।

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ३० बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२