१० पुस २०८२, बिहिबार | December 25, 2025

लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न गाउँपालिकाको माग



पोखरा । गोरखाको सहिद लखन गाउँपालिकाले लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ ।

कार्यपालिका बैठकबाटै निर्णय गरेर पालिकाले नेपाल सरकारलाई उक्त निर्णय बुझाएको हो ।

यसबाहेक पहिलो जनविद्रोहमा लखन थापासँगै सहादत प्राप्त गर्ने जयसिंह चुमी राना मगर, जीतमान गुरुङ, विराज थापा मगर, जुठ्या थापा मगर, अछामी मगर र अजपसिंह थापा मगरलाई शहिद घोषणाको माग गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापा मगरले जानकारी दिए ।

अध्यक्ष थापाले भने, ‘लखन थापाको जति सम्मान हुनसक्यो, उति इतिहासको सम्मान हुन्छ । राज्यले राष्ट्रिय विभूति घोषणा गर्न ढिलो गर्नु हुन्न ।’ गाउँपालिकाले पर्यटनमन्त्री प्रेम आलेलाई ज्ञापनपत्र नै बुझाएको हो ।

लखन थापाले सहादत प्राप्त गरेको दिन हरेक वर्ष सार्वजनिक विदाको घोषणा गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : २६ बजे

बजार पहुँच नहुँदा किसानको दूध घरमै

भोजपुर । भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पु¥याउन

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका