१८ भदौ २०८३, बिहिबार | September 3, 2026

व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन प्रधानमन्त्रीको निर्देशन



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्नेगरी व्यापार घाटा घटाउनेगरी नीति र कार्यक्रमअघि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटामार भएको उद्योग, बाणिञ्य तथा आपुर्ती मन्त्रालयको मन्त्रालयस्तरीय विकास सस्या समाधान समितिको बैठक निर्देशन दिँदै प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउनेगरी कार्यक्रम बनाउन निर्देशन दिएका हुन् ।

‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईंहरुले व्यापार घाटा घटाउनेगरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहास्,’ प्रधानमन्त्रीले बैठकमा भने ।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर हुनेगरी सम्भावना भएका क्षेत्रमा लगानी बढाउनेगरी अघि बढ्न पनि निर्देशन गरे । उनले स्वदेशी उत्पानलाई प्रोत्साहन गर्नेगरी मन्त्रालय र सरकारका कार्यलयहरुले नीति तय गर्न पनि निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा घटाउन विद्युतको खपत बढाउने पर्ने भन्दै विद्युतीय सवारी साधान, विद्युतीय चुलो लगायतको प्रयाग बढाउन पनि आग्रह गरे ।

‘हाम्रो प्रचुर सम्भावना रहेको क्षेत्र जलस्रोत हो’, प्रधानमन्त्रीले भने, ‘अब हामीले पेट्रोलियम पदार्थ खरिदमा जाने ठूलो रकम कम गर्न पनि विद्युतीय सवारीसाधान प्रयोग गर्ने र विद्युतको खपत बढाउनु पर्छ ।’

उक्त समीक्षा कार्यक्रममा वाणिञ्य मन्त्रालयका साथै राष्ट्रिय याजना आयोग, अर्थ मन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्रालय लगायतका प्रतिनिधिहरु पनि सहभागी थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ४ : २५ बजे

संसद् बैठकमै ढले कांग्रेस सांसद खड्का, उपचारका लागि वीर अस्पताल लगियो

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का

प्रधानमन्त्री शाह र नेकपा नेता वर्षमान पुनबीच भेट

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका

सुरुङभित्रको उद्दारबारे प्रधानमन्त्रीले गरे कुलमानसँग छलफल

काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री कुलमान घिसिङले

भोटेकोशी बाढी : एक हजार २५२ शव फेला, चार हजार ८७५ जना सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार