१० पुस २०८२, बिहिबार | December 25, 2025

सुरक्षाको प्रत्याभूति र सचेतना जगाएको भन्दै पालिकाले गर्‍यो प्रहरी इन्चार्जलाई सम्मान



भैरहवा । रुपन्देहीको कोटइमाई गाउँपालिका क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथाम गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत दिलाएको भन्दै प्रहरीलाई सम्मान गरेको छ ।

पालिका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानिया, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरी निरीक्षक सुरज जंगखत्रीलाई सम्मान गरेका हुन् । सम्मानित खत्री पालिका क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख हुन ।

बृहत समुदाय सुरक्षा अभियान कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका खेलेको भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापनमा सम्मान गरिएको हो ।

अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेना जगाउने, कोरोना महामारीका बेला मास्क बैंक स्थापना, निःशुल्क मास्क, सेनिटाईजर वितरण तथा प्रयोगबारे जानकारी र सचेतना जगाउनेमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

खत्रीलाई जिल्ला प्रहरी कार्यालयले पनि जिल्लाकै उत्कृष्ट ईन्चार्ज भनी २ पटक ईन्टीग्रिटी अवार्ड प्रदान गरिसकेको छ ।

समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् ।

उनी सहित पालिकाको गतिविधि समाचारको माध्यमबाट जनतामा पुर्याएको भन्दै मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्तालाई पनि सम्मान गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ०१ बजे

वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै

काठमाडौं । बाग्मतीको मुहानस्थल वाग्द्वारको शुद्ध जल पशुपतिनाथमा ल्याएर स्नान

त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज, १६ हजार विद्यार्थी दीक्षित हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५१ औँ दीक्षान्त समारोह आज हुँदै

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता-२०८२ को मस्यौदा सल्लाह सुझावका

संचारमाध्यमले सत्य तथ्य समाचार संप्रेषण गर्नुपर्ने उपप्रमुख अर्यालको भनाई

बुटवल । महिला समानताका लागी संचार अभियानद्धारा संचालित सामुदायिक रेडियो