१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सुरक्षाको प्रत्याभूति र सचेतना जगाएको भन्दै पालिकाले गर्‍यो प्रहरी इन्चार्जलाई सम्मान



भैरहवा । रुपन्देहीको कोटइमाई गाउँपालिका क्षेत्रमा अपराध नियन्त्रण तथा रोकथाम गरी आम नागरिकमा शान्ति सुरक्षाको प्रत्याभूत दिलाएको भन्दै प्रहरीलाई सम्मान गरेको छ ।

पालिका अध्यक्ष चन्द्रभुषण यादव, उपाध्यक्ष भानमति बानिया, प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनीले प्रहरी निरीक्षक सुरज जंगखत्रीलाई सम्मान गरेका हुन् । सम्मानित खत्री पालिका क्षेत्रमा पर्ने ईलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख हुन ।

बृहत समुदाय सुरक्षा अभियान कार्यक्रममार्फत सुरक्षित समाज निर्माण गर्न निर्णायक भूमिका खेलेको भन्दै स्थानीय तह प्रहरी साझेदारी अभियानको समापनमा सम्मान गरिएको हो ।

अवैध रुपमा हुने तस्करीलाई रोक्दै विद्यालयस्तरमा सचतेना जगाउने, कोरोना महामारीका बेला मास्क बैंक स्थापना, निःशुल्क मास्क, सेनिटाईजर वितरण तथा प्रयोगबारे जानकारी र सचेतना जगाउनेमा महत्वपूर्ण भुमिका खेलेका थिए ।

खत्रीलाई जिल्ला प्रहरी कार्यालयले पनि जिल्लाकै उत्कृष्ट ईन्चार्ज भनी २ पटक ईन्टीग्रिटी अवार्ड प्रदान गरिसकेको छ ।

समाजमा अमयनचयन कायम गर्दै आएकाले मझगावाँ क्षेत्रका जनतामाझ निडर प्रहरी कर्मचारीको रुपमा प्रहरी निरीक्षक खत्री परिचित हुँदै आएका छन् ।

उनी सहित पालिकाको गतिविधि समाचारको माध्यमबाट जनतामा पुर्याएको भन्दै मर्चवार सन्देशका सम्पादक हृदयराम गुप्तालाई पनि सम्मान गरिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ०१ बजे

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने