६ मंसिर २०८३, आइतबार | November 22, 2026

रौतहटमा प्रभु साह पक्षधरको आन्दोलनप्रति एमाले सांसदकै आपत्ति



रौतहट । दुई जनाको ज्यान जानेगरी २ चैतमा भएको दुर्घटनाको विषयलाई लिएर एमाले पोलिटब्युरो सदस्य प्रभु साह पक्षधरले निरन्तर गरिररहेको आन्दोलनप्रति एमाले सांसद रेखाकुमारी झाले आपत्ति जनाएकी छिन् ।

सो घटनालाई लिएर साह पक्षले रौतहटमा निरन्तर प्रदर्शन गरेपछि सांसद झाले साहले व्यक्तिगत स्वार्थका लागि दुघर्टनालाई ‘राजनीतिकरण’ गरेको आरोप लगाउँदै आन्दोलनमा नजान आग्रहसमेत गरेकी छिन् ।

‘दुर्घटनालाई राजनीतिकरण गरी एमालेको नाम र गरिमालाई भजाएर निष्पक्ष छानबिनमा असर पुग्ने गरी कुनै पनि प्रकारको आन्दोलन र विरोधका कार्यक्रम नगर्न सम्बन्धित सबैलाई आग्रह गर्न चाहान्छु साथै यस आन्दोलनको कार्यक्रममा पार्टीको आधिकारिक नीति र निर्णय नरहेको जानकारी गराउँदै गैरआधिकारिक जिल्ला कार्यसमितिको निर्णयलाई नमान्न आमएमाले कार्यकर्ता र नेतागणलाई आग्रह गर्दछु,’ साहले भनेकी छिन् ।

साह पक्षधरले गरेको आन्दोलनलाई व्यक्तिगत स्वार्थको संज्ञा दिँदै पार्टीको कुनै पनि आधिकारिक निर्णय नभएको पनि केन्द्रीय सदस्यसमेत रहेकी झाको भनाइ छ । ‘कुनै एउटा व्यक्तिको ब्यक्तिगत स्वार्थका लागि सिंगो पार्टीलाई बदनाम नगर्नरनगराउन सचेत गराउँदै निष्पक्ष छानबिनलाई प्रभावित नपार्न चेतावनी दिन्छु,’ झाले अपिल गरेकी छिन् ।

मौलापुर नगरपालिकाले भाडामा प्रयोग गर्दै आएको नागेन्द्र साहको बा १७ च ६१३३ नम्बरको गाडीले २ चैतमा ठक्कर दिँदा जितेन्द्र पटेल र हरिकुमार ठाकुरको ज्यान गएपछि जिल्लामा दिनहुँ प्रदर्शन भइरहेका छन् । मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पोलिटब्युरो सदस्य साहकी श्रीमती हुन भने नगरपालिकालाई भाडामा गाडी चलाउन दिने नागेन्द्र उनका भाइ हुन् ।

गाडी दुर्घटनामा पोलिटब्युरो सदस्य साहको परिवार जोडिएपछि साहले त्यसमा निरन्तर आपत्ति जनाउँदै आएका छन् । ‘सवारी चालकले गुडाइरहेको गाडीवाट दुर्घटना भएको, चालक घटनास्थलवाटै पक्राउ तत्कालै समातिएको विषय जगजाहेर हुँदा’ प्रशासनले पोलिटब्युरो साहको परिवार जोडिएकै कारण राजनीति गरिएको भन्दै एमाले जिल्ला कमिटीका अध्यक्ष त्रिभुवन साहले प्रेस विज्ञप्ति नै जारी गरेर आपत्ति जनाएका थिए ।

‘दुर्घटनाको गहन अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाएर पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिलाउनु सट्टा स्थानीय प्रशासनले प्रभु साहको भाइको गाडीबाट मान्छे मारिएको भनी मानहानी गरेको’ साह पक्षधरले आरोप लगाउँदै आएको छ । जसका कारण रौतहटमा साह पक्षधरले निरन्तर प्रदर्शन गरिरहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ४९ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाह नयाँदिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत

नयाँदिल्ली । प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारतको

प्रधानमन्त्री बालेन भारत प्रस्थान, लिएनन् सम्मान गारद

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत प्रस्थान गरेका छन् ।

सामान्य रूपमा नयाँ दिल्ली प्रस्थान गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन आइतबार दिउँसो दुई दिने

कोरला नाकाबाट चार महिनामा सात हजार विद्युतीय सवारीसाधन आयात

मुस्ताङ । नेपाल–चीन सीमा कोरलानाबाट चालु वर्षको पहिलो चार महिनामा

मधेश सरकारमा एमाले, कांग्रेस र नेकपा सहभागी नहुने, होला त संसद् विघटन ?

काठमाडौं, ६ मंसिर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले