१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

तालमेल गृहकार्यमा सत्ता गठबन्धन



काठमाडौं । सत्तासाझेदार प्रमुख राजनीतिक दलहरूले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल सुरु गरेका छन् ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसका साथै माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताले चुनावी तालमेलको मापदण्ड बनाउने विषयमा छलफल थालेका हुन् ।

चुनावी तालमेलका विषयमा गठबन्धनमा रहेका दलका शीर्ष नेताले परस्पर फरक धारणा राख्दै आएका बेला मंगलबार बिहान बसेको तीन दलका शीर्ष नेताको बैठकले छिट्टै संयन्त्र निर्माण गरेर अघि बढ्ने समझदारी गरेको छ । शुक्रबार बस्ने कांग्रेस केन्द्रीय समिति बैठकले चुनावी तालमेलका विषयमा औपचारिक निर्णय गरेसँगै संयन्त्र निर्माण गरेर अघि बढ्ने प्रस्ताव प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले गरेका छन् ।

स्थानीय तहको निर्वाचन तालमेलसहितका विषयमा निर्णय गर्न कांग्रेसले शुक्रबार बैठक बोलाएको छ । संस्थापन इतरका केही नेता भने अन्य दलसँग मिलेर नभई एक्लै निर्वाचनमा जानुपर्ने पक्षमा छन् । तर सभापति देउवासहित संस्थापन पक्ष सत्ता गठबन्धनमा रहेका दलहरूसँग तालमेल गरेर जानुपर्ने पक्षमा छ । संस्थापन पक्ष ६ वटा महानगरपालिकामा तालमेल गरेर अघि बढ्न सकारात्मक देखिएको छ ।

त्यसका अतिरिक्त ११ उपमहानगरपालिकामा पनि आवश्यक परे भागबन्डा गरेर जान कांग्रेस सहमत हुने निकट स्रोतको दाबी छ । केन्द्रबाट नै सबै स्थानीय तहमा तालमेल गर्न नसकिने पक्षमा रहेको कांग्रेस बाँकीमा चुनावी तालमेलको अधिकार सम्बन्धित तहका पार्टी संगठनलाई दिनुपर्ने पक्षमा छ । आजको नागरिक दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ५१ बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको