५ पुस २०८२, शनिबार | December 20, 2025

लोकतन्त्रको रक्षा गर्न एमालेले चुनाव जित्नैपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिष्टहरूमध्ये मात्र ठूलो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी भएको बताएका हुन् ।

‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले बताए ।

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता पार्टी भएको समेत बताए । उनले अहिले पार्टी विशेष परिस्थितिमा रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा जसरी पनि पहिलो पार्टी बन्नुपर्ने धारणा राखे । ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने, ‘लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकले जनपरिचालन कसरी गर्ने भन्ने तय गर्ने बताए । सत्तापक्षबाट जनविरोधी ढंगले प्रचारवाजी भैरहेको जिकिर गर्दै उनले

आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा सहितको जनपरिचालन अभियान चलाउनु पर्ने बताए । ओलीले सीपीएन यूएमएल एप्स बनाएको बताउँदै बिहीबारदेखि त्यो डाउनलोड गर्न सकिने जानकारी दिए ।

बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ११ बजे

नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण बुटवलमा सम्पन्न

बुटवल । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले