२५ असार २०८३, बिहिबार | July 9, 2026

लोकतन्त्रको रक्षा गर्न एमालेले चुनाव जित्नैपर्छ : अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देशकै सबैभन्दा ठूलो पार्टी भएको दाबी गरेका छन् ।

काठमाडौंमा आजबाट सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले कम्युनिष्टहरूमध्ये मात्र ठूलो पार्टी देशकै सबैभन्दा ठूलो पार्टी भएको बताएका हुन् ।

‘नेकपा एमाले देशको सबैभन्दा पुरानो र मूलधार बोकेको पार्टी हो भन्न कुनै अप्ठेरो छैन,’ ओलीले भने, ‘थुप्रै कुरा भ्रमपूर्ण प्रचार भएका छन् । जनविरोधी प्रचार भएका छन् । इतिहास त्यसैगरी रचना गरिएको छ ।’

एमालेसँग इतिहासको विरासत रहेको उनले जनाए । एमालेको काँधमा आजका समस्या र चुनौतको सामान गर्नुपर्ने अभिभारा मात्र होइन देशलाई समाजवाद निर्माणसम्म पुर्याउने अभिभारा समेत रहेको उनले बताए ।

‘कम्युनिस्ट पार्टीहरु मध्ये एमाले ठूलो भन्ने शब्दावली भूलवश, नियतवश निकालिएको छ । एमाले देशको प्रमुख राजनीतिक पार्टी हो । वर्तमानको जनविश्वा, जननिर्वाचित संस्था, राष्ट्रलाई अघि बढाउने नीतिका हिसावले हामी प्रमुख पार्टी हौं,’ उनले भने ।

अध्यक्ष ओलीले एमाले लोकतान्त्रिक आन्दोलनको नेतृत्वकर्ता पार्टी भएको समेत बताए । उनले अहिले पार्टी विशेष परिस्थितिमा रहेको बताउँदै स्थानीय तहको निर्वाचनमा जसरी पनि पहिलो पार्टी बन्नुपर्ने धारणा राखे । ‘लोकतन्त्र रहने कि नरहने, न्यायिक समाजको स्थापना हुने कि नहुने, प्राप्त उपलब्धीहरुको रक्षा हुने कि नहुने भन्ने मूख्य कुरा हो’, उनले भने, ‘लोकतन्त्र र प्राप्त उपलब्धीको रक्षा गर्न एमालेले आगामी स्थानीय चुनाव जित्नुपर्ने बताए ।

अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकले जनपरिचालन कसरी गर्ने भन्ने तय गर्ने बताए । सत्तापक्षबाट जनविरोधी ढंगले प्रचारवाजी भैरहेको जिकिर गर्दै उनले

आजका समस्या तथा चुनौती सामना गर्दै समाधान गर्नुपर्ने अभिभारा सहितको जनपरिचालन अभियान चलाउनु पर्ने बताए । ओलीले सीपीएन यूएमएल एप्स बनाएको बताउँदै बिहीबारदेखि त्यो डाउनलोड गर्न सकिने जानकारी दिए ।

बैठकमा प्रदेश अध्यक्षहरुले रिपोर्टिङ गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १ : ११ बजे

गण्डकी प्रदेशमा गाँजा खेती गर्ने बाटो खुल्ला, प्रदेशसभाबाट गाँजाखेतीसम्बन्धी विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले औषधिजन्य तथा औद्योगिक प्रयोजनका

मुख्यसचिव सुमनराज अर्यालको बिदाइ, गोविन्दबहादुर कार्कीले सम्हाले जिम्मेवारी

काठमाडौं । सेवानिवृत्त हुन लागेका मुख्यसचिव सुमनराज अर्यालको बिदाइ तथा

टेलिकमको बिलिङ ठेक्का भ्रष्टाचार मुद्दामा आरोपित सबै १८ जनाले पाए सफाइ

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणालीको वार्षिक मर्मतसम्भार

‘गौँथली’को चर्चा चुलियो, ट्रेलर युट्युबको ट्रेन्डिङ नम्बर १ मा

काठमाडौं। प्रदर्शन मिति नजिकिँदै जाँदा नेपाली चलचित्र ‘गौँथली’को अहिले चर्चाको

वैकल्पिक व्यवस्था नगरी होल्डिङ सेन्टरबाट सुकुम्बासी हटाउनु मानवअधिकार विपरीत : आयोग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौंको बागमती किनारलगायत विभिन्न स्थानबाट