७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

बाँकेको खजुरामा ग्रीन सिटीको पाइलट प्रोजेक्ट : किसानलाई तालिम शुरु



नेपालगन्ज । बाँकेको खजुरा गाउँपालिकामा ग्रीन सिटीको पाइलट प्रोजेक्टका लागि कृषि तथा पशुपालन कृषकलाई अनलाइन तालिम शुरु भएको छ । कोभिडका कारण ढिलाई भएको उक्त कार्यक्रम अन्तरगत कृषि र पशुपालन गर्ने खजुराका ३० जना किसानलाई अनलाइन तालिम दिन थालिएको हो ।

थोरै लगानीबाट धेरै उत्पादन गरी फाइदा लिने र दीगोपनाका लागि तालिम फलदायी हुने बताइएको छ ।

पहिलो चरणमा खजुराका कृषि र पशुपालनमा आवद्ध किसानलाई तालिम दिन लागिएको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिए । कक्षपतिका अनुसार कृषितर्फ प्याज र टमाटर खेती र पशुपालनतर्फ बंगुर र कुखुरा पालनका लागि कृषकलाई तालिम दिन लागिएको हो । ३ दिन कृषि र ४ दिन पशुपालनसम्बन्धी तालिम संचालन हुने खजुरा गाँउपालिकाले जनाएको छ ।

कृषितर्फ खजुरा गाउँपालिका कृषि शाखा प्रमुख पुनम पोख्रेल, प्रकाश सापकोटा र पशुपालनतर्फ पशुसेवा शाखाका प्राविधिक बुद्धि थापाले तालिमको सहजीकरण गरेका छन्् ।

गाउँपालिका प्रमुख कक्षपतिले ग्रीन सिटीको प्रोजेक्ट कुनै पनि हालतमा लागू भएरै छोड्ने बताउँदै खजुरामा पाइलट प्रोजेक्ट सफल भएपछि बाँकेका अन्य पालिकामा पनि लागु गर्नका लागि आफुले सम्बन्धित निकाय सामु कुरा राखेको बताए । उनले खजुरालाई विश्वमा चिनाउन ग्रीन सिटीले सहयोग गर्ने भन्दै व्यवस्थित तथा दीगोपनाका लागि कार्यक्रम सफल बनाउन आग्रह गरे ।

कार्यक्रममा खजुरा गाउँपालिका वडा नं. ४ का अध्यक्ष तिलकवीर सुनारले समाज विकासका लागि जोसुकैको सरकार भए पनि हातेमालो गरेर अगाडि बढ्ने परिपाटीको विकास गर्नु पर्ने बताए । ग्रीन सिटीकै पाइलट प्रोजेक्ट अन्तरगत अनुभवन लिनका लागि चीन भ्रमण गरिसकेका खजुराका अगुवा कृषक गेहेन्द्र धितालले परम्परागत खेती प्रणालीबाट रुपान्तरण हुँदै कृषि र पशुपालनबाट खजुराको दीगोपना खोज्नु पर्ने बताए । ग्रीन सिटी प्रोजेक्टका विश्व खाद्य संगठन चाइना, युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन एग्रिकल्चर चाइना, युएनडिपी नेपाल, एफइसिसी लगायतका साझेदार संस्था रहेका छन् ।

व्यवस्थित खजुरा ग्रीन सिटीको सम्भाब्यताका अध्ययनका लागि उज्वेगस्तानको राजधानी तास्केन्टमा युनाइटेड नेशन अफ साउथ साउथ कर्पोरेशन युयानको टोलीले खजुराको स्थलगत अवलोकन गरिसकेको खजुरा गाँउपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । युयानको टोलि र खजुरा गाँउपालिकाबीच सम्झौता भएसँगै खजुरा गाउँपालिका किसान अगुवा र नार्कका वैज्ञानिकलगायतको टोली चीनको युसी सिटीमा त्यहाँको खेती प्रणालीको अवलोकन गरी अनुभवन आदान प्रदान गरिसकिएको अध्यक्ष कक्षपतिले बताए ।

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  १० : २७ बजे

नेकपा एमालेले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । नेकपा (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज

नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक शुक्रबार

लिस्बन । नेपाल-पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा

टिभिएस एनटर्क १२५ का १ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ता, देशभर विशेष उत्सव आयोजना गरिने

काठमाडौं । नेपालको दुई पाङ्ग्रे सवारीसाधन बजारमा ऐतिहासिक उपलब्धि हासिल

आईसीसी पुरुष टी-२० विश्वकप २०२६ को ‘सुपर ८’ समीकरण पूरा

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत ‘सुपर ८’

बुटवलका युवा उद्यमीको विश्वास : अर्थतन्त्र सुधारमा विष्णु पौडेलको भूमिका महत्त्वपूर्ण

बुटवल । बुटवलका युवा उद्यमीहरूले नेपालको खस्किँदो अर्थतन्त्रलाई सही दिशामा