७ फाल्गुन २०८२, बिहिबार | February 19, 2026

नागरिक जिम्मेवार नबनेसम्म लागूऔषध नियन्त्रण सम्भव छैन : कानुनमन्त्री शाही



जुम्ला । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीले बढ्दो क्रममा रहेको लागूऔषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

उनले युवामैत्री नीति निर्माण, युवा परिचालन, स्रोतसाधन सहितको जनशक्ति व्यवस्थापन, सीमा नाकामा कडाई र सेचतनामूलक कार्यक्रममा जोड दिएर लागूऔषध नियन्त्रण गर्न कर्णाली प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।

जुम्लामा आयोजित लागूऔषध तथा मदिरा नियन्त्रणसम्बन्धी प्रदेशस्तरी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै कानुनमन्त्री शाहीले दण्ड जरिवाना र सजाय दिने नीति निर्माण गरेर मात्रै लागूऔषध नरोकिने भन्दै चेतना विकासमा जोड दिन आबश्यक रहेको बताए ।

नीति निर्माण भएपनि बढ्दो बेरोजगारी, अभिभावकको लापरबाहि, युवामैत्री नीतिको अभाव, विकासमा युवासहभागिताको कमी लगायतका कारणले लागूऔषधको प्रयोग बढेकोले रोजगारी सृजना सँगै गाउँगाउँमा चेतना विकासका कार्यक्रम लिएर जान उनले अनुरोध गरे ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ०७ बजे

देश बनाउन युवाको उर्जा र अनुभवी पुस्ताको दृष्टि चाहिन्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एमालेको चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका

रास्वपाका बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले त्यागे रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेशका उपसभापति

संविधान माथि भएको क्षतिको पूर्ति गर्न यो चुनावको ठूलो राजनीतिक महत्व छ : प्रथम राष्ट्रपति यादव

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण

निर्वाचनमा सरकारले सम्पूर्ण तागत लगाएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त