८ बैशाख २०८१, शनिबार | April 20, 2024

चीनबाट आयो २३२ मेट्रिक टन रासायनिक मल



सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल आयात हुन थालेको छ ।

तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए । शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो ।

भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए । बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा एक हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ ।

रासायनिक मलको चर्को अभाव झेल्दै आएका किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी आठ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  ७ : ४७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल