२३ फाल्गुन २०८२, शनिबार | March 8, 2026

शुद्धोधन गाउपालिका ९ औं फर्साटिकर कप २०७८ शनिबार उद्घाटन



बुटवल । शनिबार देखि फर्साटिकर कपको ९ अौ संस्करण हुने भएको छ ।

विहिबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको तयारी पूरा भएको आयोजक फर्साटिकर युवा क्लबका अध्यक्ष मुकेश कुवरले बताए । टाईगर्स ब्रुअरी मुख्य प्रायोजक रहेको प्रतियोगितालाई शुद्धोधन गाउपालिकाबाट समेत सहयोग मिलेको उनले बताए ।

यसैगरि संघिय सरकार, स्थानिय सरकारको सहयोगमा होस्टेल, एकेडेमी र मिनि स्टेडियम निर्माणको तयारी गरि ब्यवस्थित गर्न लागेको बताए । चैत १२ देखि २६ गतेसम्म फर्साटिकर माविको खेलमैदानमा हुने प्रतियोगिताको उपाधि विजेता टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ। यसैगरि उपविजेता टिमले नगद १ लाख २५ हजार ५ सय ५५ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट प्रदशर्न गर्ने खेलाडीहरुलाई समेत पुरस्कृत गरिने छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार ५ सय ५५ रुपैया, उत्कृष्ट फरवार्ड, डिफेन्डर, गोलकिपर, सर्वाधिक गोलकर्ता, प्रशिक्षकलाई समेत ५ हजार ५ सय ५५ रुपैया नगद सहित कपबाट पुरस्कृत गरिने खेल संयोजक आशिष केसीले बताए । भैरव एफसी, झरना स्पोर्ट्स क्लब, मुर्गिया एफसी, लिस्नु युवा क्लब, कपिलबस्तु युवा क्लब, सुनौलो संगम युवा क्लब, केबिए ग्लोबल भरतपुर एफसी, न्यु युथ युनियन पाल्पा, फुलबारी गाईज, कालिका स्पोर्ट्स चितवन, फर्साटिकर रातो र निलो गरि १२ टिमले प्रचारप्रसार संयोजक टेकु भण्डारीले बताए। पहिलो खेल भैरव एफसी र फर्साटिकर निलोका बिचमा खेल हुनेछ । प्रतियोगिता सम्पन्न गर्न १६ लाख खर्च हुने अनुमान रहेको छ । आठौ संस्करणको विजेता फुलबारी गाईज रहेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहिबार  १० : २६ बजे

सरकारको जिम्मेवारी शीघ्र हस्तान्तरण गर्नेछौँ : गृहमन्त्री अर्याल

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनमा प्राप्त जनादेश अनुसारको सरकार

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

चितवन । जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना

‘पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै ओलीले दिए बालेन्द्रलाई बधाई

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं झापा-५ का पराजित उम्मेदवार

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

सुर्खेत । सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा

झापा-५ मा बालेन्द्रको ऐतिहासिक जीत, ओली ४९ हजारभन्दा बढी मतान्तरले पराजित

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा