१५ माघ २०८२, बिहिबार | January 29, 2026

पोखरामा बुटवलका खेलाडीलाई ६ पदक



बुटवल । पोखरामा सम्पन्न मनुश्री/बिग्नाश्री जेटिआई खुल्ला जुनियर टेनिस प्रतियोगिता २०२२ मा बुटवलका जुनियर खेलाडीहरुले ६ पदक हात पारेका छन ।

मनुश्री/बिग्नाश्रीको सहयोगमा कास्की जिल्ला लन टेनिस संघको आयोजनामा विहिबार भएको अन्तिम दिनको खेलमा १ स्वर्ण, दुई रजत र ३ कास्य पदक हात पारेका छन ।

प्रतियोगिता अन्तरगत १२ वर्षमुनि उमेर समुहमा बिज्रेश अर्यालले स्वर्ण पदक हात पारेका छन । यसैगरि ९ वर्ष मुनि उमेर समहमा निश्चल ज्ञवाली र १० वर्ष मुनिमा संघणै फौदारले रजत पदक हात पारेका छन ।

प्रतियोगिताकै ८ वर्ष मुनि उमेर समुहमा निर्जल टण्डन, ९ वर्ष मुनि उमेर समुहमा संघर्ण फौदार र १० वर्ष मुनि उमेर समुहमा सन्दिप जिसिले कास्य पदक हात पारेका छन ।

सबै खेलाडीहरु बुटवलस्थित न्यु होराईजन बोर्डिङ स्कुलमा अध्ययरत छन । नियमित अभ्यासको कारण रुपन्देहीका जुनियर खेलाडीको प्रदर्शन राम्रो रहेको प्रशिक्षक विकास खड्काले बताए ।

चैत ७ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरबाट १ सय ३५ जना सहभागी रहेका थिए । एक समारोहका बिच विजेता, उपविजेता खेलाडीहरुलाई मन्जुश्री बिग्नाश्रीका संरक्षक कुमार मन बहादुर शाही, कास्की जिल्ला लन टेनिस संघका उपाध्यक्ष नबिन चालिसेले पुरस्कार वितरण गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार  ८ : १९ बजे

आन्तरिक उडान सुचारू

काठमाडौँ । आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण

कांग्रेसको प्रधानमन्त्रीको उम्मेदवार नयाँ युगमा नयाँ सन्दर्भको प्रतिनिधि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीले अघि सारेको

हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।