२२ भदौ २०८३, सोमबार | September 7, 2026

कांग्रेस बैठक : चुनावी तालमेलमा कांग्रेसभित्र दुईधार



काठमाडौं । स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने नगर्ने विषयमा नेपाली कांग्रेसभित्र दुईधार देखिएको छ । कांग्रेसको संस्थापन पक्ष सत्ता गठबन्धन आबद्ध दलहरूबीच चुनावी तालमेलको पक्षमा छ भने संस्थापन इतर पक्ष तालमेलको विपक्षमा छ ।

शुक्रबारबाट सुरु केन्द्रीय समिति बैठकमा सत्ता गठबन्धनमा रहेका दलबीच चुनावी तालमेल गर्ने नगर्ने’ नेताहरूको फरकफरक धारणा आएको हो ।

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा स्थानीय तहको निर्वाचनमा तालमेलको पक्षमा उभिँदै आइरहेका छन् । तर, इतर पक्षका नेता डा। शेखर कोइराला भने तालमेलको पक्षमा खुलेका छैनन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवाले भने स्थानीय तहको निर्वाचनमा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउँदै आइरहेका छन् ।

कांग्रेस प्रवक्ता डा। प्रकाशसरण महतले जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिबाट जिल्लाको वस्तुगत अवस्था बुझ्ने काम भइरहेको जानकारी दिए । उनका अनुसार शुक्रबारको बैठकमा जिल्ला खटिएका २१ जना केन्द्रीय प्रतिनिधिले जिल्लामा पार्टीको अवस्था’ जानकारी गराएका हुन् ।

महतले पार्टी सभापति देउवा गठबन्धन आबद्ध दलहरूबीच आवश्यकताको सिद्धान्तका आधारमा तालमेल गरिनुपर्ने पक्षमा रहेकोसमेत जानकारी दिए ।

‘प्रधानमन्त्री देउवा आवश्यकताको सिद्धान्तका आधारमा चुनावी तालमेल गर्ने विषयमा सकरात्मक हुनुहुन्छ, कहाँ कस्तो अवस्था छ हेरेर तालमेल गरौं भन्ने उहाँको भनाइ हो,’ कांग्रेस प्रवक्ता महतले भने ।

कांग्रेस बैठकमा स्थानीय तहको निर्वाचनका लागि ७७ जिल्लामा खटाइएका केन्द्रीय प्रतिनिधिहरूले जिल्लाको वस्तुगत अवस्थाका विषयमा नेतृत्वलाई जानकारीसमेत गराएका छन् ।

बैठकमा केन्द्रीय सदस्यहरूबाट आवश्यकताअनुसार नेकपा एमालेसँगसमेत चुनावी तालमेल गर्नुपर्ने राय आएको छ । कांग्रेस महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित बनेकी मुक्तकुमारी यादवले स्थानीय तहको निर्वाचनमा नेकपा एमालेसँग पनि आवश्यक परे तालमेल गर्नुपर्ने राय राखेकी हुन् ।

यादवलाई स्थानीय तहको निर्वाचनका कांग्रेसले सिन्धुली खटाएको थियो । उनले सिन्धुलीमा कांग्रेसले जित्नका लागि एमालेसँग तालमेल गर्नुपर्ने धारणा राखेकी हुन् ।

यसैगरी, बैठकमा कर्णाली प्रदेश सभापति ललितजंग शाहीले कांग्रेसले एक्लै उम्मेदवार उठाउँदा सहज रूपमा जित्न सकिने नभए सो प्रदेशमा माओवादीसँग भन्दा एमालेसँग तालमेल गर्दा सहज हुने धारणा राखेका छन् ।

चुनावी तालमेलका विषयमा कांग्रेसका प्रदेश सभापतिहरूसमेतको फरकफरक राय आएको छ । बैठकमा सहभागी भएका कांग्रेसका चारवटा प्रदेशका सभापति गठबन्धनको विपक्षमा देखिएका छन् । मधेस प्रदेशका कृष्ण यादव, गण्डकीका शुक्रराज शर्मा, लुम्बिनीका अमरसिंह पुन, कर्णालीका ललितजंग शाही गठबन्धनबीच चुनावी तालमेलको विपक्षमा देखिएका हुन् ।

बैठकमा सुदूरपश्चिमका वीरबहादुर बलायर भने सहभागी थिएनन् । यस्तै, प्रदेश १ का सभापति उद्धव थापा र बाग्मती प्रदेशका सभापति इन्द्र बानियाँ गठबन्धनको पक्षमा छन् । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ७ : २२ बजे

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल

धादिङ ।  सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौ । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२र८३ को वितरणयोग्य

भोटेकोशी बाढीपीडित व्यवसायिक लागि पुनरुत्थान प्याकेजः करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

काठमाडौ । सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा

भोटेकोशी बाढीः एक हजार ३५५ को मृत्यु भने

काठमाडौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा