१४ बैशाख २०८३, सोमबार | April 28, 2026

कांग्रेसको निष्कर्ष : संसद् विघटन असंवैधानिक, कार्यवाहक नबनाउने



काठमाडौं । नेपाली कांग्रेसले संसद् विघटन गरेर नयाँ सरकार गठन गरिएको प्रक्रियाप्रति असहमति जनाएको छ।

शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले संसद् विघटनलाई असंवैधानिक ठहर गर्दै त्यसप्रति आपत्ति जनाएको हो।

बैठकमा कृष्णप्रसाद सिटौला लगायतका नेताहरुले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका थिए । बैठकले निर्वाचन घोषणाको विरुद्धमा नजाने तर, प्रक्रियाबारे प्रश्न उठाउने र अन्य दलहरुसँग पनि छलफल गर्ने निर्णय पनि गरेको छ ।

जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको पार्टी केन्द्रीय कार्यालयमा बचेको एक हलमा आयोजित पहिलो बैठक पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो।

यसअघि खड्काकै अध्यक्षतामा कांग्रेस कार्यसम्पादन समिति भर्चुअल माध्यमबाट बसेको थियो। आन्दोलनका क्रममा कांग्रेसका धेरैजसो शीर्ष नेताहरूको घरमा पनि क्षति पुगेको भन्दै बैठकले ती घटनाको निन्दा गर्ने निर्णय गरेको छ। सभापति देउवा जेनजी आन्दोलनकारीको सांघातिक आक्रमणमा परेर गम्भीर घाइते भएपछि अहिले उपचाररत छन् ।

बैठकले तत्काल कसैलाई पनि कार्यवाहक सभापतिको जिम्मेवारी नदिने र विशेष महाधिवेशन नगर्ने निर्णय गरेको छ। सहमहामन्त्री महेन्द्र यादवका अनुसार, कार्यवाहक र विशेष महाधिवेशनको विषय सभापति देउवा पूर्ण रूपमा स्वस्थ भएपछि मात्रै छलफल गरिनेछ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  २ : ४८ बजे

निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव

काठमाडौँ । सङ्घीय शासन प्रणालीलाई सुदृढ र संस्थागत गर्नका लागि

काठमाडौँका विभिन्न स्थानमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले सिक्री लुट्दै हिँड्ने एक गिरोहलाई पक्राउ

पूर्वविशिष्ट पदाधिकारीले विदेशमा उपचार गर्दा सरकारबाट खर्च पाउने व्यवस्था सर्वोच्चबाट खारेज

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वसभामुख र पूर्वप्रधानन्यायाधीशसहित

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक

नेकपाको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११