१० कार्तिक २०८३, मंगलबार | October 28, 2026

आगलागीबाट बचेको पार्टी केन्द्रीय कार्यालयको हलमा कांग्रेसको बैठक



काठमाडौं । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगलागी भएको दश दिनपछि नेपाली कांग्रेसले पहिलोपटक औपचारिक बैठक गरेको छ ।

उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा शुक्रबार पार्टीको कार्यसम्पादन समिति बैठक कार्यालयमै बसेको हो । बैठकमा जेनजी आन्दोलनपछि विकसित घटनाक्रमका विषयमा छलफल भैरहेको छ । बैठकले पार्टी कार्यालय व्यवस्थापनमा पनि निर्णय गर्नेछ ।

आगोले लाइब्रेरीसहितका महत्वपूर्ण कागजात राखिएका भाग ध्वस्त भए पनि पुरानो बैठक हल सुरक्षित रहन पुगेको थियो । यही हलमा अहिले बैठक सञ्चालन भइरहेको छ ।

बैठकमा सभापति शेरबहादुर देउवासहित कार्यसम्पादन समितिका सदस्य डा. शेखर कोइराला, अर्जुननरसिंह केसीलगायतका नेताहरू भने सहभागी छैनन् । देउवा दम्पत्तिलाई भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनको निवासमै सांघातिक आक्रमण गरिएको थियो । अहिले उनी उपचाररत छन् ।

बैठकका निर्णय सार्वजनिक गर्न दिउँसो २ बजे पत्रकार सम्मेलन तय गरिएको पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार  १ : ०० बजे

कोप–३१ मा जलवायु न्यायको आवाज बुलन्द गर्न सुझाव

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन (कोप–३१) मा जलवायु न्यायको

सांसद काफ्लेद्वारा सभामुखसहित पाँच जनाविरुद्ध जालसाजीको मुद्दा

नेपालगन्ज । पदमुक्त गर्ने विवादित पत्रमा कीर्ते तथा जालसाजी भएको

अध्यक्ष ओलीबाट मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौँ । मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितअन्गर्तत आज भएको