३ पुस २०८२, बिहिबार | December 18, 2025

सञ्चारिका समूहको अध्यक्षमा २ मतअन्तरले तुम्खेवा विजयी



काठमाडौं । सञ्चारिका समूह नेपालको आठौँ महाधिवेशनबाट अध्यक्षमा विमला तुम्खेवा विजयी भएकी छिन । शुक्रबार मध्यरातमा घोषित मत परिणामअनुसार तुम्खेवाले ८५ मत प्राप्त गरी विजयी भएकी हुन ।

उनकी प्रतिद्वन्द्वी कमला पन्थीले ८३ मत प्राप्त गरिन । अध्यक्षमा जम्मा दुई मतको अन्तर परेको हो । त्यस्तै, उपाध्यक्षमा पवित्रा सुनार, महासचिवमा बसन्ती बास्तोला, सचिवमा दुर्गा कार्की र कोषाध्यक्षमा उर्वसी बस्न्यात विजयी भएका छन ।

उपाध्यक्षमा पवित्रा सुनारले गीताकुमारी मैनालीलाई पराजित गरिन । त्यस्तै, महासचिवमा बसन्ती बास्तोलाले यशोदा अधिकारीलाई पराजित गरिन । त्यस्तै, सचिवमा दुर्गाले पवनवर्षा शाहलाई पराजित गरिन । कोषाध्यक्षमा उर्वसीले कृति भट्टराईलाई पराजित गरिन ।

महाधिवेशनबाट सदस्यहरूमा ८ जना विजयी भएका छन । सदस्यमा सलोजा दाहाल, पार्वता चौधरी, सजना तामाङ, बुनुना राई, मञ्जिमा ढकाल, लोग्शरी कुँवर, पवित्रा मुडभरी र राधा खनाल विजयी भएका छन

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ८ : २७ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका