७ आश्विन २०८३, बुधबार | September 23, 2026

काठमाडौंको कालिमाटीमा पाकिस्तानी दूतावासद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन



काठमाडौं । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको सहकार्यमा पाकिस्तानी दूतावासले काठमाडौंको कालीमाटीस्थित जनप्रभात उच्च माध्यमिक विद्यालयलमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ ।

१६ औं संस्करणको निःशुल्क चिकित्सा शिविरको नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की र पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पाकिस्तानका विभिन्न मेडिकल विश्वविद्यालयहरुबाट स्नातक गरेका नेपाली डाक्टर र प्यारा–मेडिकल स्टाफले चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई निःशुल्क उपचार र तीन महिनाको औषधि वितरण गरेको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । उपचारमा आएकहरुलाई कोभिड–१९ विरुद्धको रोकथामका उपायहरूबारे पनि जानकारी गराइएको थियो।

सोही अवसरमा राजदूत शाहले उपमेयर खड्गीमार्फत जनप्रभात उच्च माविलाई फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरेका छन् । उपमेयर खड्कीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघलाई धन्यवाद दिइन । उनले मानवताको पक्षमा उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकारको प्रशंसा समेत गरिन् ।

पूर्व उपप्रधानमन्त्रीसीपी मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै निःशुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । आगामी दिनमा पनि सहयोगको निरन्तरताको कामना व्यक्त गरे । यस्ता गतिविधिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने मैनालीले धारणा राखे ।

पाकिस्तानी राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई