११ बैशाख २०८१, मंगलबार | April 23, 2024

काठमाडौंको कालिमाटीमा पाकिस्तानी दूतावासद्वारा नि:शुल्क स्वास्थ्य शिविर संचालन



काठमाडौं । नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघको सहकार्यमा पाकिस्तानी दूतावासले काठमाडौंको कालीमाटीस्थित जनप्रभात उच्च माध्यमिक विद्यालयलमा निःशुल्क चिकित्सा शिविर आयोजना गरेको छ ।

१६ औं संस्करणको निःशुल्क चिकित्सा शिविरको नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाह, काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्की र पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
पाकिस्तानका विभिन्न मेडिकल विश्वविद्यालयहरुबाट स्नातक गरेका नेपाली डाक्टर र प्यारा–मेडिकल स्टाफले चार सयभन्दा बढी पुरुष, महिला र बालबालिकालाई निःशुल्क उपचार र तीन महिनाको औषधि वितरण गरेको पाकिस्तानी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ । उपचारमा आएकहरुलाई कोभिड–१९ विरुद्धको रोकथामका उपायहरूबारे पनि जानकारी गराइएको थियो।

सोही अवसरमा राजदूत शाहले उपमेयर खड्गीमार्फत जनप्रभात उच्च माविलाई फोटोकपी मेसिन उपहार पनि हस्तान्तरण गरेका छन् । उपमेयर खड्कीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर विपन्न नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराएकोमा पाकिस्तानी राजदूतावास र नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघलाई धन्यवाद दिइन । उनले मानवताको पक्षमा उदारतापूर्वक सहयोग गरेकोमा पाकिस्तान सरकारको प्रशंसा समेत गरिन् ।

पूर्व उपप्रधानमन्त्रीसीपी मैनालीले नेपाल र पाकिस्तानबीचको गहिरो र सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै निःशुल्क चिकित्सा शिविर आयोजना गरेकोमा पाकिस्तानी राजदूतावासलाई धन्यवाद दिए । आगामी दिनमा पनि सहयोगको निरन्तरताको कामना व्यक्त गरे । यस्ता गतिविधिले नेपाल र पाकिस्तानबीचको जनस्तरको सम्बन्धलाई झल्काउने मैनालीले धारणा राखे ।

पाकिस्तानी राजदूत शाहले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरका लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : १२ चैत्र २०७८, शनिबार  ३ : ५९ बजे

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान