१५ बैशाख २०८१, शनिबार | April 27, 2024

ज्ञानीको पिभिसि र सिपिभिसि पाईप लन्च



बुटवल । ज्ञानीको प्रतिष्ठान अन्तरगतको ज्ञानी पाईप ईन्डष्ट्रिजद्धारा उत्पादित पिभिसि र सिपिभिसि पाईप शनिबार लन्च गरिएको छ ।

एक समारोहका बिच नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाले पिभिसि र सिपिभिसि पाईप अनावरण गरि लन्च गरे ।

अन्तराष्ट्रिय जर्मन प्रविधिको काभ्रा एक्टुजन भित्राएर कोभिड संक्रमणका कारण २ वर्ष ढिला गरि लन्च गरिएको प्रतिष्ठानका रन्जन कसजुले बताए ।

विश्व बजारमा ख्याती प्राप्त प्रविधिमार्फत गुणस्तरिय पाईप उत्पादन गरेको उनले दाबी गर्दै उपभोक्ताको मन जित्ने बताए । हामी बजारमा ज्ञानी निक्कै पुराना ब्राण्ड हौ । उनले भने । नेपाली बजारमा भएका २० भन्दा बढि पिभिसि र सिपिभिसि पाईप उत्पादन गर्ने उद्योगहरु रहेको उनले बताए ।

यसको कच्चा पदार्थ कोरिया, जापान, थाईलैण्डबाट आउँछ । ज्ञानी उद्योगले प्रत्यक्ष र अप्रत्यक्ष ५० जना तथा प्रतिष्ठानमा रहेको अन्य उद्योगमा समेत गरि साढे ३ सय रोजगार दिएको छ ।

कार्यक्रममा इन्डष्ट्रिजका डाईरेक्टरहरु उपेन्द्रमान श्रेष्ठ, सुजिन श्रेष्ठ, प्रतिक कसजु, निर्मित कसजु र डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक डाक्टर राजन अमात्यले नेपालमा उद्योग स्थापना गर्दा हुने नितिगत जटिलता र यसका चुनौतिका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा डि आर बिल्डर्स एण्ड मेकिङ प्रा लिका संचालक दिनेशमणी श्रेष्ठले नँया प्रविधिको ईपिसि क्रंक्रिट ब्लकको बारेमा जानकारी दिएका थिए ।

मिस युनिर्भस २०१७ नग्मा श्रेष्ठको संचालनमा भएको कार्यक्रममा ज्ञानीको ब्राण्ड बजारमा बिक्रि वितरण गरि योगदान दिने विक्रेताहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  ९ : ३१ बजे

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २०५ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २०५ रनको लक्ष्य

संविधानको अपव्याख्या गर्दै अध्यादेश जारी गर्ने सरकारको निर्णय संसदीय अभ्यास विपरित- कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सरकारले अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गरेको