काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।
विदेशमन्त्री वाङलाई भेट गर्न अध्यक्ष प्रचण्ड नेता नारायणकाजि श्रेष्ठ, शक्ति बस्नेतसहित काठमाडौंको नक्शालस्थित होटल मेरियट पुगेका छन् ।
यसअघि वाङले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँग मेरियटमै भेटवार्ता गरेका थिए ।
तीन दिने नेपाल भ्रमणका त्रक्रममा भारतहुँदै चैत ११ गते काठमाडौं आएका वाङ आजै स्वदेश फर्किंदैछन् ।
प्रतिक्रिया