१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

वडामै निःशुल्क माटो परीक्षण सुविधा



कपिलवस्तु । कपिलवस्तु नगरपालिका-९ ले वडा कार्यालय मै माटो परीक्षण सुविधा दिन सुरू गरेको छ। वडाका किसानलाई सहज होस भनेर कार्यालयले यसै सातादेखि माटो परीक्षण सुरु गरेको हो ।

वडा कार्यालयलाई मुक्तिनाथ एग्रो प्रा.लिबाट डिजिटल माटो परीक्षण मिनी ल्याब उपलब्ध गराएपछि किसानले आवश्यक परेको बेला माटो परीक्षण गर्न सक्ने भएका छन् । वडा कार्यालयले निःशुल्क रूपमा माटो परीक्षण गर्ने वडा अध्यक्ष शिव वाग्लेले बताए ।

पहिलो चरणअन्तर्गत वडाले ५० हजार लागतमा ५० थान किट खरिद गरी एक सातासम्म परीक्षण अभियान सुरु गरेको वडा सचिव विजय पोख्रेलले बताए । वडामै माटो परीक्षण सेवा सुरु भए पछि कृषकहरू आउने क्रम जारी रहेको बताइएको छ ।

मिनी ल्याबको प्रयोगबाट माटोको पिएच लेभल [अम्लियपन], माटोमा मलको मात्रा, नाइट्रोजन, फस्फोरस, पोटास तथा माइक्रो न्युट्रेन्ट [सल्फर, जिङ्क, म्याग्नेसियम, आइरन] परीक्षण गर्न सकिने नायब पशु स्वास्थ्य प्राविधिक विपिन पोख्रेलले बताए । परीक्षणपछि किसानलाई माटो अनुसारको बाली लगाउन समेत सिफारिस गरिने बताइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७८, आइतबार  २ : ०१ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग