७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा हातहतियार बुझाउन निर्देशन



भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हातहतियार प्रहरी ईकाइमा बुझाउन निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै चैत मसान्तभित्र हतियार बुझाउन सुचना जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जारी गरेको सूचनामा नजिकको प्रहरी ईकाईमार्फत हतियार बुझाउन उल्लेख छ । आगामी वैशाख ३० हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण, स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वासनीय वातावरणमा सप्पन्न गर्न रुपन्देही जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको हो । निर्वाचन कार्य सम्पन्न भएपछि फिर्ता पाउने गरी चैत मसान्तभित्र नजिकै प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन सकिन्छ ।

गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकबाट भएको निर्णय अनुसार निर्वाचन पश्चात् हातहतियार फिर्ता हुनेछ । बुझाएका हतियार सुरक्षित राखिने र निर्वाचन सम्पन्न भएपश्चात् सम्बन्धित धनीलाई नै फिर्ता गरिनेछ ।

कोही-कसैले कुनै पनि इजाजत वा बिनाइजाजतका हातहतियार राखेको भए पनि आगामी चैत मसान्तसम्म स्वतःस्फूर्त रूपमा बुझाउन सकिन्छ । निर्धारित समयभित्र नबुझाई अटेर गरेको पाइएमा वा यस अवधिमा भेटिएमा त्यस्ता व्यक्तिको हातहतियार खोजतलास गरी कानुनबमोजिम कारबाही गरिने कार्यालयले जानकारी दिएको छ ।

कानुनी व्यवस्थाबारे जानकारी नभएर वा अरु कसैको लहैलहैमा लागेर बिना अनुमति हातहतियार तथा खरखजाना राखेको भएपनि बुझाउन सकिने व्यवस्था पहिलै देखि नै छ । जिल्लामा विभिन्न समय भूमिगत समूहहरुले पनि हातहतियार कार्यालयमा बुझाएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०७८, सोमबार  ७ : ०५ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज