५ श्रावण २०८३, मंगलबार | July 21, 2026

आईपियो जारी गर्दै बुद्धनगर एग्रो फार्म



बुटवल । रुपन्देहीको बुद्धनगर एग्रो फार्म लिमिटेडले नेपाल मै पहिलो कृषि तर्फको आइपीओ जारी गर्ने भएको छ ।

कृषि मार्ट, कुखुरा चल्ला उत्पादन, अण्डा उत्पादन, कुखुरा पालन, मिट मार्ट (बधशाला) सञ्चालन गर्दै आएको लिमिटेड कम्पनीले आईपीयो जारी गर्न लागेको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा ५ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरुमा (सामूहिक लगानी कोष तथा कर्मचारीहरुसहित) निष्कासन गर्न लागेको हो ।

कम्पनीले आइपीओ बिक्रीका लागि एनआईसी एशिया क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुत गरेको छ ।
आइपिओ जारी गर्ने एग्रो फार्म कम्पनी नेपालको हकमा पहिलो कम्पनी हो ।

क्यापिटलले प्रदान गरिरहेको आईडीया टु आइपीओ सेवा अन्तर्गत कम्पनीले आइपीओ निष्कासन गर्न लागेको अध्यक्ष कुल बहादुर केसीले जानकारी दिए ।

एनआईसी एशिया क्यापिटलको आईडीया टु आइपीओ सेवा अन्तर्गत उक्त बुद्धनगर एग्रो फार्म लिमिटेडलाई आइपीओ जारी गर्ने चरणसम्म पुर्याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराई यथासिघ्र आइपीओ जारी गर्ने व्यवस्था मिलाउने जनाएको छ ।

क्यापिटलले उक्त एग्रो फार्मलाई अन्य आवश्यक व्यवसायी-रणनीति तथा समग्र वित्तीय अवस्थाको अध्ययन गरी सुधार गर्नुपर्ने पक्षमा परामर्श सेवासमेत उपलब्ध गराउने सम्बन्धीसमेत दुई पक्षिय सम्झौता भएको सिईयो खड्क बहादुर थापाले जानकारी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ८ : १४ बजे

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं

पूर्वप्रधानमन्त्री देउवा साउनभित्रै स्वदेश फर्किने, विज्ञप्ति जारी गर्दै भने – ‘प्रतिशोधात्मक राजनीति अस्वीकार्य’

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत