१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सेनासहित १५० सुरक्षाकर्मीको निगरानीमा मतपत्र छापिने



काठमाडौं । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्रले नेपाली सेनासहित सुरक्षाकर्मीको निगरानीमा मतपत्र छाप्ने भएको छ ।

निर्वाचन आयोगले १७ चैतमा नमुना मतपत्र र त्यसपछि २ करोड थान मतपत्र छाप्ने निर्णय गरेसँगै जनक शिक्षाले पनि चाँजोपाँजो मिलाएको हो ।

जनक शिक्षाका सूचना अधिकारी चित्रकुमार आचार्यका अनुसार मतपत्र छपाइ स्थलमा नेपाली सेनाको टोली आज आउँदैछ । ‘नेपाली सेनासति १५० जना सुरक्षाकर्मीको निगरानीमा मतपत्र छपाइ हुनेछ, आयोगबाट निर्देशन आए लगत्तै हामी मतपत्र छपाइको काम थाल्नेछौं,’ आचार्यले न्युज कारखानासँग भने, ‘त्यसका लागि सेनाको टोली आज आउँदैछ । सेनाले मतपत्र छपाइ स्थलको सुरक्षा प्रबन्ध मिलाउनेछ ।’

उनका अनुसार मतपत्र छपाइस्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तीन घेरामा सुरक्षा तैनाथ हुनेछ । प्रवेश स्थलमा सेनाले जाँच गर्नेछ । हाल जनक शिक्षामा कायम सिसिटिभी क्यामेरा पनि थप हुनेछ । तर, कहाँ-कहाँ सिसिटिभी क्यामेरा थप गर्ने भनेर सेनाले निक्र्याैल गर्ने उनले बताए ।

उनका अनुसार २ करोड मतपत्र छाप्न ९ वटा मेसिन तयारी अवस्थामा राखिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार अगाडि बढ्ने उनले बताए ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ९ : ०० बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री