१८ भदौ २०८३, बिहिबार | September 4, 2026

लोसपाले बोलायो पहिलो पटक केन्द्रीय कार्यकारिणी बैठक



काठमाडौं । उपेन्द्र यादव समूहसँग अलग भएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पहिलो पटक केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।

बबरमहलस्थित लोसपा केन्द्रीय कार्यालयमा भोलिबाट बस्ने पहिलो कार्यकारिणी समितिको बैठकले स्थानीय तहको निर्वाचन, पार्टीको आन्तरिक संगठन र चुनावी गठबन्धनलगायतका बारेमा छलफल गर्नेछ ।

‘पार्टी स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ, सो बैठकले स्थानीय तहको निर्वाचनदेखि अन्य समयसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ,’ सदस्य केशव झाले न्युज कारखानासँग भने । उनका अनुसार देशैभरीको रिर्पोट संकलन गरेर आएका २८ जना नेताले बैठकमा आफनो धारणा राख्नेछन् ।

उपेन्द्र यादवसँग अलग हुँदा ३१ जना कार्यकारिणी सदस्य भए पनि लोसपासँग अहिले २८ जना मात्रै बाँकी छन् । बृषेशचन्द्र लालले तराई(मधेस लोकतान्त्रिक पार्टी ब्यूँताएर अलग्गै राजनीति गरिरहेका छन् भने राजकुमार लेखी एमाले प्रवेश गरिसकेका छन् ।

जेलमा रहेका रेशमलाल चौधरी बैठकमा आउने अवस्था नभएकाले भोलिदेखि सुरु हुने बैठकमा २८ जना मात्रै सहभागी हुनेछन् । चौधरीको निर्देशनमा उनकी श्रीमती रन्जिता श्रेष्ठले निर्वाचन आयोगमा नागरिक उन्मुक्ति पार्टी दर्ता गराइसकेकी छन् ।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  ११ : २१ बजे

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

दैवी प्रकोप उद्दार कोषमा नेपालगन्ज उद्योग वाणिज्यसंघ मार्फत ६ लाख १ हजार हस्तान्तरण

नेपालगन्ज । नेपालगन्जका उद्योगी व्यवसायीहरुले नेपालगन्ज उद्योग वाणिज्य संघ मार्फत

बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौँ । रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हामीले गरेको नगन्य गल्तीको ठूलो