२० भदौ २०८३, शनिबार | September 5, 2026

एनआरएनएले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित अध्यक्ष कुल आचार्यले संघभित्र अब कुनै पनि विवाद नरहेको दाबी गरेका छन्।

सोमबार सचिवालयमा आयोजित सपथ ग्रहण कार्यक्रममा उनले संघभित्रको विवाद सकिसकेको बताएका हुन्। एनआरएनए लिने नभई दिने ठाउँ भएको बताउँदै आचार्यले भने, ‘झै–झगडा हामीले सिद्ध्यायौँ। अब केही बाँकी छैन। त्यतातिर नजाउँ।’

आचार्यले विगतको तिक्तता बिर्सेर एक हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन्। तीन अध्यक्षले एनआरएनएलाई थप बलियो बनाउने उनको भनाइ छ। ‘हामी सबै बसेर सँगै काम गर्दा मज्जा आउँछ,’ आचार्यले भने, ‘संघलाई राम्रो र हाम्रो बनाउन एउटा दिदी, दुई भाइ भएर काम गर्नेछौँ।’ संघभित्र आइपर्ने चुनौतीलाई समधान गर्न तीनै अध्यक्ष एक भएर अघि बढ्ने आचार्यले बताए।

नयाँ निर्वाचित टोलीलाई मजबुत बनाएर रचनात्मक काम गरिने आचार्यको दावी छ। नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले पशुपति क्षेत्रमा एक सय कोठाको वृद्धाश्रम बनाउने निर्णय गरेको छ। आचार्यले नै नेपाल सरकार तथा पशुपति क्षेत्र विकास कोषसँग सहकार्य गरी वृद्धाश्रम बनाउन प्रस्ताव राखेका थिए। ‘जहाँ चुनौती हुन्छा त्यहाँ अवसर पनि हुन्छ । पशुपति नाथको आशीर्वाद रहनेछ, यो परियोजना अवश्य सफल हुनेछ,’ आचार्यले भने।

प्रकाशित मिति : १५ चैत्र २०७८, मंगलबार  २ : ०९ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार